काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ ।
गुप्ताले सर्वोच्चको फैसलाविरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले बुधबार आदेश दिएपछि गुप्ताको मुद्दा पुनः सुनुवाइ हुन लागेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ फागुन ९ गते त्यस समयका सूचना तथा सञ्चारमन्त्री गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल र १ करोड ६८ लाख रुपैयाँ बिगो तथा जरिवाना भराउने फैसला गरेको थियो ।
सर्वोच्चको निर्णय मान्दै गुप्ता १३ महिना थुनामा बसेका थिए । केन्द्रीय कारागार डिल्लीबजारमा बसेका गुप्ताले अदालतबाटै आफ्ना कानुन व्यवसायीमार्फत पुनरावलोकन निवेदन २०६९ वैशाख ८ गते दर्ता गराएका थिए ।
गुप्ता अदालतको आदेशबमोजिम थुनामा बसी २०६९ चैत ५ गते रिहा भएका थिए । तर, यसअघि सर्वोच्चले यस्तो प्रकृतिका मुद्दामा पुनरावलोनका लागि खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेको निवदेनमा भने पुनः सुनुवाई हुन नसक्ने भन्दै अस्वीकार गरेको थियो ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार