काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ ।
गुप्ताले सर्वोच्चको फैसलाविरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले बुधबार आदेश दिएपछि गुप्ताको मुद्दा पुनः सुनुवाइ हुन लागेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ फागुन ९ गते त्यस समयका सूचना तथा सञ्चारमन्त्री गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल र १ करोड ६८ लाख रुपैयाँ बिगो तथा जरिवाना भराउने फैसला गरेको थियो ।
सर्वोच्चको निर्णय मान्दै गुप्ता १३ महिना थुनामा बसेका थिए । केन्द्रीय कारागार डिल्लीबजारमा बसेका गुप्ताले अदालतबाटै आफ्ना कानुन व्यवसायीमार्फत पुनरावलोकन निवेदन २०६९ वैशाख ८ गते दर्ता गराएका थिए ।
गुप्ता अदालतको आदेशबमोजिम थुनामा बसी २०६९ चैत ५ गते रिहा भएका थिए । तर, यसअघि सर्वोच्चले यस्तो प्रकृतिका मुद्दामा पुनरावलोनका लागि खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेको निवदेनमा भने पुनः सुनुवाई हुन नसक्ने भन्दै अस्वीकार गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो