काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्रमा आज्ञत व्यक्तिले गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घाइते भएका व्यक्ति माडी बघौडाका त्रिलोक महतो भएको प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले बताएका छन् । उनीहरु माडी बघाइबाट निकुञ्ज हुँदै मोटर साइकलमा पूर्वतर्फ जाँदै थिए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
घटना बघइ र अमुवा पोस्टको बीचमा भएको स्थानीयले बताएका छन् । घटनास्थल सदरमुकाम भरतपुरबाट ६० किलोमिटर पूर्वी क्षेत्रमा पर्छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह