काठमाडौँ। नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीका इन्जिनियरिङ र गैर इन्जिनियरिङ कर्मचारीबीच झडप भएको छ। गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा बुधबार प्रशासनतर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो।
झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन्।
झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि केही झ्यालका सिसा फोड्नुका साथै कुर्ची र गमला समेत तोडफोड गरेका छन्।
प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरूले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि अनशन बसिरहेका थिए। नियम नभएपनि यसअघि नियुक्त भएका सबै कर्मचारी इञ्जिनियर हुने गरेका थिए।
दशै नजिकिँदै गर्दा टेलिकमको दसैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पुर्याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरूका विरुद्ध आज आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो।
झडपलगत्तै आएको प्रहरीले प्रदर्शनकारी कर्मचारीलाई तितरवितर पारेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो