नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै १ सय ८३ जनालाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापतिका साथै महासमिति सदस्यहरु रहेका छन् । 
अनुशासन समितिका संयोजक आमोद उपाध्यायको कमिटीले गरेको कारवाहीमा पर्नेमा केन्द्रीय सदस्य सुजाता कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वार, सुशीलमान शेरचन, पर्शुराम पोखरेलरहितका नेता रहेका छन् ।
समितिका अनुसार दायर उजुरीबाट १ सय ८३ जना अनुशासन उल्लंघनको कारबाहीमा परेका छन् १२ जनाविरुद्ध दायर उजुरी पक्षबीच मेलमिलाप भएर फिर्ता गरिएको छ।
समितिले ८४ नेतालाई ३ देखि ६ महिना बहाल रहेको पदबाट मुक्त गरेको छ । २३ नेतालाई एक वर्षसम्म सदस्यता नै नरहने गरी निष्काशन गरेको छ भने आठ नेतालाई पदिय जिम्मेवारीबाट मुक्त गराउादै पार्टीको विभिन्न तहमा उम्मेदवार हुनबाट प्रतिवन्ध लगाएको छ । ३५ नेतालाई सचेत गराउनुको साथै पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारीदिने र त्यसका प्रस्तावक समर्थक ८० नेता तथा कार्यकर्तालाई यसअघि नै कारवाही गरी सकेको छ ।
कोइरालालाई बहाल रहेका पदबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । कोइराला कांग्रेसको केन्द्रीय सदस्य र अन्तर्राष्ट्रिय विभागकी प्रमुख हुन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ