काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी नियुक्त गर्दा समावेशी सिद्धान्त पालना नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरू भीम राई, दिनेशकुमार राई र सन्तोष राना मगरले मंगलबार यस्तो मुद्दा दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, संवैधानिक परिषदको कार्यालय, व्यवस्थापिका संसद र मानवअधिकार आयोगका पदाधिकारीलाई विपक्षी बनाइएको छ ।
संविधानमा मानवअधिकार आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्दा महिलासहित अन्य जनजातिलाई समेट्नुपर्ने व्यवस्था रहे पनि सरकारले एकजना मात्र महिला र अन्य पुरुष नियुक्ति गरेको जिकिर गरिएको छ ।
यसअघि आदिवासी जनजातिबाट पदाधिकारी समावेश गरिने परम्परा रहेकोमा यसपटक बेवास्ता गरिएको निवेदनमा उल्लेख छ ।
हरेक निकायमा नियुक्ति गर्दा महिला, आदिवासी जनजाति र दलितलगायतलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा सहभागी गराइने व्यवस्थाको उल्लंघन भएको जिकिर गरिएको छ ।
आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, सदस्यहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाशचन्द्र वस्ती, महिला आयोगकी पूर्वअध्यक्ष मोहना अन्सारी, मानवअधिकारकर्मी सुदीप पाठक र अधिवक्ता गोविन्द शर्मा पौडेललाई सिफारिस गरिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो