काठमाडौं। म्याग्दीको हिस्तानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउनेमा १० जना पुरुष र तीनजना महिला छन्।
राम्चे गाविसबाट सदरमुकाम बेनीबजार आउने क्रममा हिस्तान ७ औलको गिद्धेश्वर मन्दिर नजिकको भिर तल खस्दा जिपमा यात्रा गरिरहेका सबै १३ यात्रुको निधन भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले मृत्यु हुने १३ जना मध्ये ११ जनाको परिचय खुलेको जानकारी दिए। राम्चेका शालीग्राम सापकोटा, उनका भाई वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर दिल्लु श्रेष्ठ, भवन डिभिजनकै सुपरभाइजर हेमन्त सिउथानी, ठेकेदार अर्जुन खत्री, जिपका चालक झमबहादुर पुर्जा, राम्चेका सुरेश गर्बुजा र हिस्तानका देउबहादुर पुर्जाको दुर्घटनामा निधन भएको हो।
परिचय खुलेका तीनजना मृतक महिला यममाया पुर्जा, सम्मती गर्बुजा र हेमसरा गर्बुजा हुन्। गुडिरहेको जीपको टायर फुस्के पछि दुर्घटनामा परेको बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो