
कम्युनिष्ट नेतृ सहाना प्रधानको निधन
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनकी नेतृ सहाना प्रधानको निधन भएको छ । सोमबार राति ११ बजेर ५ मिनेटमा प्रधानकोभएको एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनाएका छन् । लामो समयदेखि विरामी प्रधान काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत थिइन । लामो समयदेखि ओछ्यान परेकी प्रधानलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो।
काठमाडौको असन त्यौडमा १९८४ साल असार ३ गते प्रधानको जन्म भएको थियो । २०४६ सालको जनआन्दोलनमा बामपन्थी दलहरुको तर्फबाट प्रधानले नेतृत्व गरेकी थिइन् । प्रधानकै अध्यक्षतामा पञ्चायती व्यवस्था विरोधी आन्दोलन गर्न बामपन्थी दलहरुको संयुक्त बाम मोर्चाको गठन गरेका थिए । २००४ साल बैशाखमा काठमाडौमा चार महिलाले प्रदर्शन गरेका थिए । प्रधानको साथमा कनकलता स्नेहलता र उनकै दिदी साधना रहेका थिए।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नि प्रधान शिक्षण पेशाबाट सक्रिय राजनीतिमा आएकी हुन् ।
सानो उमेरमा परिवारका साथ बर्मा गएकी प्रधानको परिवार दोस्रो विश्वयुद्ध चर्केपछि स्वदेश फर्किएको हो । नेपाल फर्केपछि राणा विरोधी आन्दोलनमा सक्रिय प्रधानसहित महिलाहरुले मताधिकारको माग सन् २००४ सालमा काठमाडौंमा प्रदर्शन गरेका थिए । पटक पटक गरी प्रधानले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति