काठमाडौं ।सशस्त्र द्वन्द्वको समयमा मारिएका छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनसनमामा बसेको गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीको सोमबार साँझ निधन भएको छ । ११ महिनादेखि नन्दप्रसाद पत्नि गंगामायासँग आमरण अनसनमा थिए । वीर अस्पतालको आइसियुमा राखिएकी गंगामायाको अवस्था पनि गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
नन्दप्रसादको शवलाई पोष्टमार्टमका लागि त्रिभुनव विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । तर जेठा छोरा नुरप्रसादले भने शव नबुझ्ने बताएका छन्। सरकारले हत्यारालाई पक्राउ गरेको कारण मृत्यु भएको भन्दै नुरप्रसादले के गर्ने भनेर जिम्मेबारी सरकारको भएको बताए ।
अधिकार दम्पत्तीका कान्छा छोराक कृष्णप्रसादको हत्या २०६१ सालमा चितवनमा भएको थियो। हजुरअामालाई भेट्न चितवन गएका छोराको नेकपा(माओवादी)का कार्यकर्ताले छोराले हत्या गरेको उनीहरुको आरोप छ । उनीहरुले किटानी जाहेरीको दिएको माओवादीका स्थानीय कार्यकर्ताको सो घटनामा संलग्नता देखिने ठोस प्रमाणको अभाव भएको भन्दै हिरासत मुक्त गरेको थियो ।
एकीकृत नेकपा माअाेवादीले भने सशस्त्र द्वन्द्वको समयको घटना भएको भन्दै अधिकार दम्पत्तिको माग मौजुदा फौजदारी न्यायको कार्यक्षेत्र नभै निरुपण तथा मेलमिलाप आयोग अन्तर्गत पर्ने भन्दै पक्राउको विरोध गरेको थियो।
२०७० मा अनसन शुरु गरेका दम्पत्तिसँग सरकारले चार बुँदे सहमति गरेपछि ४७ औं दिनमा अनसन तोकेका थिए । तर हत्याको आरोप लगाइएका व्यक्तिलाई हिरासत मुक्त गरेपनि दम्पत्तिले पुनः अनसन शुरु गरेका थिए । पछिल्लो पटक कातिक ७ गतेबाट अनसन शुरु गरेका थिए । खानापानी छाडेका उनीहरुलाई चिकित्सकले अक्सिजन र पाइपबाट प्रोटिन दिँदै बचाउँदै आएका थिए । अदालतले पनि फोर्स फिडिङको आदेश समेत दिएको थियो ।
सरकारले पटक पटक हत्याको आरोपीलाई खोजे गरेर कारवाही गर्ने प्रतिवद्धता जनाउँदै अधिकारी दम्पत्तिलाई मानेका थिए । जेठा छोरा नुरप्रसादले अनसन तोडाउन आग्रह गर्न जाने मानवअधिकारवादीहरुलाई समेत हतियार देखाएर धम्क्याएको समाचारहरु सार्वजनिक भएको थियो ।
यसैबीच संविधानसभाका चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले नन्दप्रसाद निधनको नैतिक जिम्मेवारी सरकारले लिनु पर्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालाको राजिनामा माग गरेका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ