काठमाडौं। हृदयघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार डिस्चार्ज गरिने भएको छ। स्वास्थ्यमा सुधार भएकाले शाहलाई डिस्चार्ज दिने तयारी भएको हो । 
उपचारमा चिकित्सकले शाहले नियमित खानपिनसँगै अलिअलि हिँडडुल पनि थालिसकेका छन् । उनलाई शनिबार राति हृदयघात भएको थियो । राति साढे ९ बजेतिर अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । पूर्व राजा ज्ञानेन्द्र ६८ वर्षका छन् ।
अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट र डा. रावतले तत्कालै एन्जियोप्लास्टी गराएका थिए । त्यसलगत्तै शाहलाई भिआइभी सिसियुमा राखिएको थियो ।
चिकित्कसकहरूका अनुसार केही वर्षदेखि उच्च रक्तचाप पीडित रहेको शाहलाई आर्मीका चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
पूर्वराजा शाहलाई अस्पतालमा परिवारका सदस्य र केही भिभिआइपीलाई मात्रै भेट्न दिइएको छ । अस्पतालमा राजा भेट्न आमा रत्न, श्रीमती कोमल, बुहारी हिमानी, छोरी प्रेक्षासमेत पुगेका थिए ।
यस्तै, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टसमेत अस्पताल पुगेका थिए । अस्पतालमा स्वास्थ्यलाभको कामनाका लागि दिनभरजसो जम्मा भएका राजनीतिक नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको भीड थियो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ