काठमाडौं । करार नथपेको आक्रोशामा पोखरा विश्वविद्यालय प्राध्यापकहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबारको बैठकले करारमा रहेका प्राध्यापक र कर्मचारीलाई अवकास दिने निर्णयाग गरेको थियो। परिषदको निर्णय सच्चाउनु पर्ने घेराबन्दी गर्न गएका प्राध्यापकहरुले तोडफोड गरेका हुन् । 
परिषदले करारमा रहेका ९५ जना प्राध्यापक र छजना कर्मचारीलाई अवकास दिने निर्णय गरेको थियो । आक्रोशित समूहले विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरू तोडफोड गरेको हो ।
आन्दोलित प्राध्यापक र कर्मचारीहरूले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरू ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पुर्याएर स्थायी गर्न दवाव दिएको थियो ।
आन्दोलनमा विद्यार्थीहरूको पनि समर्थन प्राप्त भएको बताउँदै उनीहरुले परिषद्को बैठकको निर्णय नसच्चाएसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो