काठमाडौं । करार नथपेको आक्रोशामा पोखरा विश्वविद्यालय प्राध्यापकहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबारको बैठकले करारमा रहेका प्राध्यापक र कर्मचारीलाई अवकास दिने निर्णयाग गरेको थियो। परिषदको निर्णय सच्चाउनु पर्ने घेराबन्दी गर्न गएका प्राध्यापकहरुले तोडफोड गरेका हुन् । 
परिषदले करारमा रहेका ९५ जना प्राध्यापक र छजना कर्मचारीलाई अवकास दिने निर्णय गरेको थियो । आक्रोशित समूहले विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरू तोडफोड गरेको हो ।
आन्दोलित प्राध्यापक र कर्मचारीहरूले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरू ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पुर्याएर स्थायी गर्न दवाव दिएको थियो ।
आन्दोलनमा विद्यार्थीहरूको पनि समर्थन प्राप्त भएको बताउँदै उनीहरुले परिषद्को बैठकको निर्णय नसच्चाएसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै