पूर्व राजा ज्ञानेन्द्रलाई हृदयघात: अवस्था खतरामुक्त (अपडेट)

काठमाडौं । हृदयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्था भने खतरामुक्त गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। नर्भिक अस्पतालका चिकित्सक भारत रावतले शाहको एन्जियोप्लास्टी गरेका थिए । रक्तनलीमा अवरोध उत्पन्न भएपछि त्यसलाई खुलाउन एन्जियोप्लास्टी गरिन्छ । Nepal's deposed King Gyanendra bids goodbye to the media at the end of a news conference at the Narayanhiti royal palace in Kathmandu

स्थानीय समयअनुसार  राति दस बजे शाहलाई अस्पताल भर्ना गरिएको हो । शाहका स्वकीय सचिव फणिराज पाठकले  अवस्था सामान्य रहेको बताएका छन्  पहिलो संविधानसभा निर्वाचनपछि गद्दीबाट अपदस्थ गरिएका शाह ६८ वर्षका छन् । शाहको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पातलमा शुभचिन्तकहरुको भीड लागेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री