प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघको ६९ औं महासभामा भाग लिन १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। कोइरालाले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
न्युयोर्क पुग्नुअघि कोइरालाले अबुधावीमा मध्यपूर्व, पश्चिम एशिया र उत्तर अफ्रिकाका नेपाली राजदूत तथा मिसनका प्रमुखहरुलाई शनिबार सम्बोधन गर्ने छन्। मध्यपूर्वका देशहरु नेपालीका लागि सबैभन्दा ठूलो श्रम बजार हो।
न्युयोर्कमा रहँदा कोइरालाले छिमेकी तथा मित्र राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग द्वीपक्षीय वार्ता गर्ने छन्। राष्ट्र संघका महासचिव बान की मुनसँग कोइरालाले असोज ११ गते भट्ने कार्यक्रम छ।
कोइराला असोज ७ गते महासचिव मुनले आयोजना गर्ने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्र संघीय महासभाका सहभागीहरुका लागि आयोजना गर्ने कार्यक्रममा कोइरालाको सहभागी हुने छन्। असोज ११ गते अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायसँग कोइरालाले अन्तरक्रिया गर्ने छन्। न्युयोर्कमा कोइरालाको क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण पनि हुनेछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित