प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघको ६९ औं महासभामा भाग लिन १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। कोइरालाले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
न्युयोर्क पुग्नुअघि कोइरालाले अबुधावीमा मध्यपूर्व, पश्चिम एशिया र उत्तर अफ्रिकाका नेपाली राजदूत तथा मिसनका प्रमुखहरुलाई शनिबार सम्बोधन गर्ने छन्। मध्यपूर्वका देशहरु नेपालीका लागि सबैभन्दा ठूलो श्रम बजार हो।
न्युयोर्कमा रहँदा कोइरालाले छिमेकी तथा मित्र राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग द्वीपक्षीय वार्ता गर्ने छन्। राष्ट्र संघका महासचिव बान की मुनसँग कोइरालाले असोज ११ गते भट्ने कार्यक्रम छ।
कोइराला असोज ७ गते महासचिव मुनले आयोजना गर्ने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्र संघीय महासभाका सहभागीहरुका लागि आयोजना गर्ने कार्यक्रममा कोइरालाको सहभागी हुने छन्। असोज ११ गते अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायसँग कोइरालाले अन्तरक्रिया गर्ने छन्। न्युयोर्कमा कोइरालाको क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण पनि हुनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो