पुरुषहिंसा भएको भन्दै मुद्दा

श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै विराटनगर १९ का खेम लोहनीले मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । अदालतका कर्मचारीले पुरुष हिंसाको मुद्दा पहिलो भएको बताए ।

Voilenceस्थानीय सनराइज बोडिङ स्कुलका सञ्चालक ५४ वर्षीय लोहनीले ४५ वर्षीया पत्नी सुधा लोहनी, छोराहरू २८ वर्षीय र्विराज, २६ वर्षीय बिप्रव र २३ वर्षीया छोरी अदैतालाई प्रतिवादी बनाएका छन् ।
लोहनीले पत्नि सुधा र छोराछोरीले आफूलाई हेलाहोचो गरेको, मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाएका छन् । हाल घर परिवारमा बस्न नसकेको भन्दै लोहनी अलग्गै बस्दै आएका छन् ।
आफूले धनसम्पत्ति खर्चेर छोराछोरीलाई गुणस्तरीय विद्यालयमा उच्च शिक्षा पढाएको तर छोराछोरीले पनि आमासँग लागेर आफूलाई हिंसा गरकाले न्यायका लागि मुद्दा दर्ता गराउन बाध्य भएको लोहनीले दावी छ ।
गत साउन १२ गते पहिलोचोटी घरेलु हिंसा शीर्षकमा दर्ता भएको उक्त मुद्दा दर्ता भएको रेकर्ड पहिलो जिल्ला अदालत मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री