सवारी नियम उल्लङ्घन गर्नेको जानकारी दिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले एकसय रुपैयाँको रिचार्ज कार्ड दिने भएको छ । सवारी नियम उल्लङ्घन गरिएको पुष्टि हुने गरी ट्राफिक प्रहरीलाई जानकारी दिएमा तुरुन्तै रिचार्ज कार्ड प्रदान गर्ने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।
यातायात व्यवसायी समिति गोरखासँगको समन्वयमा ट्राफिक प्रहरीले रिचार्ज कार्ड दिने भएको हो । ट्राफिक प्रहरीले व्यस्त चोकमा हेल्प डेस्क स्थापना गरेर रिचार्ज कार्ड अभियान सुरु भएको बताएको छ ।
गोरखाको हरमटारी चोक, क्षेत्र नम्बर २ प्रवेश गर्ने बाह्रकिलो बजार चोक, क्षेत्र नं ३ को घ्याम्पेसाल चोक, दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, क्षेत्र नं २ को पालुङटार, भच्चेक, छोप्राकको चोरकाटेलगायतका ठाउँमा पनि हेल्प डेस्क स्थापना गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेको जो–कोहीले देखेमा प्रहरीको पैसा नलाग्ने टेलिफोन १०० मा तुरुन्तै सम्पर्क गरेर जानकारी दिन सर्वसाधारणलाई ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा