पूर्व प्रधानन्यायाधीश न्यायाधीश अनुपराज शर्मा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष नियुक्त भएका छन् । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई अध्यक्ष र प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक र गोविन्द पौडेललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । वस्ती सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । 
अन्सारी एमाले र पाठक नेपाली कांंग्रेसको कोटाबाट नियुक्त भएका हुन् । प्रधानमन्त्रीको अध्यक्ष हुने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख र विपक्षी दलका नेतासहितका सदस्य रहने गरेको छ । बाँकेकी पूर्व शिक्षिका अन्सारी अधिवक्ता हुन् । यसअघि उनी महिला आयोगका सदस्य थिइन् । मानवअधिकारवादी पाठक राजाको शासनकालमा पनि आयोेगको सदस्यमा नियुक्त गरिएको थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख सुभाषचन्द्र नेम्वाङले अन्य संवैधानिक निकाय रिक्त रहेको नियुक्ति प्रधानमन्त्री विदेश भ्रमणबाट फर्के पछि गरिने बताए। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकाय लामो समयदेखि रिक्त रहेको छ ।
तस्विर सौजन्य: नेपालन्युज डट कम
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो