प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद पुनर्गठन र हेरफेरको तयारी गरेका छन् । दुई साता लामो विदेश भ्रमण जानुअघि नै प्रधानमन्त्रीले कोइरालाले साना दललाई छुट्याएको मन्त्रालय कांग्रेस एमालेबीच बाँडफाँट गर्ने र केही राज्यमन्त्री थप्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल र सहरी विकास मन्त्री नारायण खड्काको स्थानमा नयाँ मन्त्री नियुक्तिको तयारी गरेको स्रोतले जनाएको छ । कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्ने छन् । कोइरालाको असोज १७ गते स्वदेश
फर्किने कार्यक्रम छ ।
‘मन्त्रिपरिषदको पुनर्गठनको विषय प्रधानमन्त्रीको स्वविवेकेको विषय हो । त्यसमा अन्य परामर्श गर्ने विषय होइन,’ कानुन मन्त्री नरहरी आचार्यले भने, ‘साना दलका लागि छुट्टाएको मन्त्रालयमा सहमतिका साथ नाम आउन सकेन । हामीले नै दलहरुलाई तोकिनु दिनुपर्ने अवस्था आयो । पहिलो बाँकी रहेको मन्त्रालयलाई दुई दलबीच बाँडफाँट गर्ने विषयमा छलफल भएको छ ।’
शान्ति तथा पुनर्निमाण, विज्ञान, प्रविधि तथा जनसंख्या, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा साना दलका लागि छुट्टाएर राखिएको थियो । विज्ञान र गरिबी निवारण मन्त्रालय कोइरालासँगै छ भने शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी आचार्यलाई तोकिएको छ । आचार्य सत्ता साझेदार दल एमालेबाट बाँडफाँटको प्रस्ताव आएको बताए ।
हालको मन्त्री परिषदमा चार राजनीतिक दलका गरि २२ पूर्ण र २ राज्य मन्त्रि गरी २४ सदस्यीय छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]