नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले कार्यकाल एक वर्ष थपेको छ । केन्द्रीय कार्यालय सानेपामा सात महिनापछि सोमबार बसेको बैठकले पार्टी विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
बैठकमा सभापति सुशील कोइरालाले कार्यकाल एक वर्ष लम्ब्याउने प्रस्ताव गरेका थिए । बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यले सभापतिसँग म्याद थप्नु पर्ने कारण माग गरेका थिए । ११ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिको समयावधी असोज ५ गतेबाट समाप्त हुँदैछ । तर विधान असाधारण अवस्थामा कार्य समितिको म्याद एक वर्ष थप्न सकिने प्रावधानलाई टेकेर कोइरालाले सो प्रस्ताव गरेका हुन् । बैठकमा देउवा पक्षका सदस्यहरुले कार्यवधी समाप्त हुन लागेको समयमा वैठक राखेर समय थप्ने प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बैठकमा वरिष्ठ नेता देउवा भने उपस्थित थिएनन् । सभापति कोइरालाले सहमतिअनुसार केन्द्रीय सदस्य थप्दा आफू निकट व्यक्तिलाई नराखेको भन्दै देउवा बैठकमा अनुपस्थित भएका हुन् । कोइरालाले ६ पूर्ण र ६ आमन्त्रित सदस्यको मनोनयन गर्दा देउवा पक्षका २–२ जना दिने भनिए पनि संस्थापनले एकलौटी गरेको भन्दै देउवा असन्तुष्ट छन् । कोइरालाले विधानअनुसार कार्यकाल समाप्त हुनु एक साताअघि विभिन्न नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो