मोरङ जिल्ला प्रहरीले शनिबार राति पक्राउ गरेका मधेशका अभियन्ता डा. सिके राउतविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेशराज कार्कीले राउतलाई ६ दिनको प्रहरी हिरासतमा पठाएको बताएका छन् । कार्की राष्ट्रिय अखण्डतामा आँच आउने गरी बोलेको रेकर्ड आफूसँग रहेका बताए । शनिबार राति पक्राउ गरिएका राउतलाई कसैसँग पनि भेट दिएको छ । 
मोरङ प्रहरीका डिएसपी प्रभु ढकालले राउतविरुद्ध अनुसन्धान भैरहेको र उनलाई सार्वजनिक अपराध ऐनअनुसार पक्राउ गरिएको जनाएका छन् । गत महिना राजनीति सहमति तथा संवाद सहकार्य समितिको बैठकमा राउतले मधेशमाथि निरान्तर दमन भए त्यो देशबाट छुटिएर स्वतन्त्र देश बन्ने बनाएका धारणा राखेका थिए । ‘मधेशको इतिहास नामको पुस्तक लेखेका राउतका एक दर्जनभन्दा दस्तावेज प्रकाशित छन् । सप्तरी महदेवाका राउत पेशा वैज्ञानिक हुन् ।
पछिल्लो समयमा राउतलाई गृह मन्त्रालयले निगरानी राख्दै आएको थियो । उनलाई पक्राउ गर्न मन्त्रालयले एक साता अघि नै निर्देशन दिएको छ ।
यसैबीच पूर्व प्रधामन्त्री बाबुराम भट्टराई राउतलाई पत्राउ गरेर सरकारले ठूलो गल्ती गरेको भन्दै रिहा गर्न माग ग्रेका छन् । आफ्नो ट्वीटरमा भट्टराई राउतको धारणामा सहमत हुन नसकिने पनि जनएक(ा छन् । त्यसैगरी पद्मरत्न तुलाधरसहितका एक डेढ दर्जन मनाधिकारवादीहरुले पनि राउत रिहाइको मागगरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो