आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १९:१५ | UK Time: 14:30

राधा पौडेलको ‘खलंगामा हमला’लाई मदन पुरस्कार

वीनेपाली
२०७१ भदौ २९ गते १३:१४

स्वाथ्यकर्मी राधा पौडेलको युद्ध संस्मरण ‘खलंगामा हमला’ले  २०७० मदन पुरस्करा प्राप्त गरेको छ । मदन पुरस्करा गुठीको साधारण सभाले पौडेलको कृतिलाई सो पुरस्कार दिने निर्णय गरेको हो । Kalanga Ma Hamala

एक वर्षभित्र प्रकाशित र पुस्तकालयमा दर्ता गरिएको कृतिमध्येबाट उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गरिने गरिन्छ । पुरस्कारको राशी २ लाख रुपैयाँ छ । पुरस्कृत व्यक्तिले नगद बराबरको सुनका सिक्का प्राप्त गर्छन ।

पौडेले मदन पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन् । यसअघि शिरिषको फुलका लागि पारिजात र जीवन फुल की काँडाका लागि झमककुमारी घिमिरेलाई प्रदान गरिएको थियो । २०५७ कातिक २७ राति नेकपा माओवादीका लडाकुहरुले जुम्लाको सदरकुमार खलंगमा आक्रमण गरेका थिए । माओवादीले आक्रमण गरि पहिलो पटक

त्यस समयमा पौडेल जिल्ला स्वास्थ्य कार्यालयमा नर्सको रुपमा कार्यरत रहेकी थिइन् । उनले त्यही दिनको आक्रमणलाई आधार बनाएर पुस्तक लेखेकी हुन् ।
यसैगरी जगदम्बार श्री पुरस्कार शिव रेग्मी नेपाल साहित्यको अनुसन्धानमा पुर‍्याएको योगदानका लागि प्रदान गरिएको छ ।

खलंगामा हमलालाई मदन पुरस्कार दिने निर्णयको बारेमा जानकारी ट्विट गर्दै गुठकीका अध्यक्ष कमलमणि दीक्षित। तस्वीर सौजन्य : कुन्द दीक्षित।

खलंगामा हमलालाई मदन पुरस्कार दिने निर्णयको बारेमा जानकारी ट्विट गर्दै गुठकीका अध्यक्ष कमलमणि दीक्षित। तस्वीर सौजन्य : कुन्द दीक्षित।

जगदम्बारश्रीको पुरस्कार राशी २ लाख रुपैयाकै छ । मदन पुरस्कार कृतिका लागि र जनदम्बाश्री पुरस्कार साहित्यमा योगदान दिने व्यक्ति वा संस्थाका लागि प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक