नेकपा–माओवादी र संविधानसभाका प्रमुख तीन दलबीच भदौ मसान्तमा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति भएको छ । सम्मेलनका मिति र प्रक्रिया तय गर्नका लागि गठन गरिएको कार्यदलको शुक्रबार भएको बैठकले भदौ ३१ गते सम्मेलन गर्ने निर्णय गरेको हो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा सम्मेलन गर्ने सहमति भएको कार्यदलका सदस्य तथा एमाले नेता अग्नी खरेलले जानकारी दिए । कार्यदलमा चार वटै दलका दुई सदस्य रहेका छन् । बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको सहभागी रहने निश्चित भएको छ । संविधानसभा बाहिर रहेको नेकपा –माओवादीको नेतृत्वमा रहेको गठबन्धनबाट कुन कुन दलको सहभागिता रहने छ भन्ने शििनबारको बैठकमा निर्धारण गरिने भएको छ । दलहरुबीच सम्मेलन कहिले गर्ने भनेर विवाद रहँदै आएको थियो । संविधानको अन्तरबस्तुको बारेमा सहमति गर्न सर्वपक्षीय सम्मेलनको माग गर्दै आएको नेकपा–माओवादीले तयारीका लागि थप समय आवश्यक रहेका भन्दै चाँडोमा असोजको पहिलो साता आयोजना गर्नुपर्ने जोेड दिँदै आएको थियो । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा(एमाले)ले भने ढिलो सम्मेलन गर्दा कार्यतालिका प्रभावित हुने भन्दै भदौभित्रै सम्मेलन गर्नुपर्नेमा अडान राख्दै आएको थियो । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले ढिलो गर्ने पक्षमा रहेको थियो यसअघि कार्यदल र शीर्ष नेताहरुको बैठकमा सम्मेलनको मितिको विषयमा सहमति जुट्न सकेको थिएन । मितिको विषय निर्णय गर्ने जिम्मेवारी कार्यदलले शीर्ष नेताहरु र शीर्ष नेताहरुले कार्यदल दिने निर्णयको गोलचक्करमा परेको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा