नेपाली कांग्रेसभित्रको विवाद फेरि एक पटक सतहमा छताछुल्ल देखिएको छ । लामो समयपछि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उप सभापति रामचन्द्र पौडलसँग जंगिदै आफूलाई काम गर्न सहयोग नगरेको आरोप लगाए ।
देउवा निकट रहेका मन्त्रीहरुले नसघाएको आरोप लगाउँदै कुरा शुरु गरेका कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएनको असन्तुष्ट पक्षको भेलामा वरिष्ठ नेता देउवा गएको विषयमा आपत्ति जनाएका थिए । उप सभापति पौडेल प्रमुख विभागले आयोजना गरेको विपी विचार यात्रा कार्यक्रम गर्दा आफूलाई एक पटक पनि नसोधिएको भन्दै आक्रोश जनाएका थिए । आफ्नो सम्बोधन गरेपछि काम छ भन्दै कोइराला बाहिरिएका थिए । त्यसपछि बैठकका देउवा निकट सभाषदहरुले सुनाउनु पर्ने व्यक्ति नै बाहिर हिडेको भन्दै हो हल्ला गरेका थिए । बैठकमा वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले आरोपको खण्डन गर्दै बैठकमा धारणा राखेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो