नेपाली कांग्रेसभित्रको विवाद फेरि एक पटक सतहमा छताछुल्ल देखिएको छ । लामो समयपछि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उप सभापति रामचन्द्र पौडलसँग जंगिदै आफूलाई काम गर्न सहयोग नगरेको आरोप लगाए ।
देउवा निकट रहेका मन्त्रीहरुले नसघाएको आरोप लगाउँदै कुरा शुरु गरेका कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएनको असन्तुष्ट पक्षको भेलामा वरिष्ठ नेता देउवा गएको विषयमा आपत्ति जनाएका थिए । उप सभापति पौडेल प्रमुख विभागले आयोजना गरेको विपी विचार यात्रा कार्यक्रम गर्दा आफूलाई एक पटक पनि नसोधिएको भन्दै आक्रोश जनाएका थिए । आफ्नो सम्बोधन गरेपछि काम छ भन्दै कोइराला बाहिरिएका थिए । त्यसपछि बैठकका देउवा निकट सभाषदहरुले सुनाउनु पर्ने व्यक्ति नै बाहिर हिडेको भन्दै हो हल्ला गरेका थिए । बैठकमा वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले आरोपको खण्डन गर्दै बैठकमा धारणा राखेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा