यो वर्ष विभिन्न समयमा गएको बाढी पहिरोमा परि मृत्यु र वेपत्ता हुनेको संख्या ५ सय नाघेको छ । सरकारले व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमा पेस गरेको पछिल्लो तथ्याङ्क अनुसार विपद्का घटनामा परी २६० को निधन, १६० घाइते र २५४ जना हराइरहेका छन् ।
यस वर्षको बाढी पहिरोबाट मुलुकभरका ४२ जिल्ला प्रभावित भएको र करिब सात अर्ब ७९ करोड बराबरको भौतिक क्षति भएको छ ।
विपद्का कारण आठ हजार ४८८ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् । पीडित परिवारलाई हालसम्म करिब छ करोड १५ लाख रुपैया बराबरको खाद्यान्न र करिब चार करोड ७६ लाख रुपैया बराबरको गैरखाद्य पदार्थ वितरण गरिएको छ ।
यस्तै थप १० दिनका लागि करिब एक लाख ३३ हजार खाद्यान्न र लत्ताकपडाका लागि करिब ११ करोड २६ लाख प्रभावित जिल्लामा निकासा गरिएको छ । यस्तै प्रधानमन्त्री राहत कोषमा हालसम्म मुलुकभित्रबाटै ३५ करोड बराबर नगद सङ्कलन भएको र उल्लेख्य मात्रामा खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध भएको छ ।
बाढीपहिराबाट प्रभावित ४२ मध्ये ४० जिल्लामा नागरिकको ज्यान गएको छ । प्रधानमन्त्री कार्यालयले तयार पारेको तथ्याङ्कअनुसार बाढीबाट बढी प्रभावित जिल्लामा सिन्धुपाल्चोक, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत,जाजरकोटर कैलाली छन् ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप