यो वर्ष विभिन्न समयमा गएको बाढी पहिरोमा परि मृत्यु र वेपत्ता हुनेको संख्या ५ सय नाघेको छ । सरकारले व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमा पेस गरेको पछिल्लो तथ्याङ्क अनुसार विपद्का घटनामा परी २६० को निधन, १६० घाइते र २५४ जना हराइरहेका छन् ।
यस वर्षको बाढी पहिरोबाट मुलुकभरका ४२ जिल्ला प्रभावित भएको र करिब सात अर्ब ७९ करोड बराबरको भौतिक क्षति भएको छ ।
विपद्का कारण आठ हजार ४८८ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् । पीडित परिवारलाई हालसम्म करिब छ करोड १५ लाख रुपैया बराबरको खाद्यान्न र करिब चार करोड ७६ लाख रुपैया बराबरको गैरखाद्य पदार्थ वितरण गरिएको छ ।
यस्तै थप १० दिनका लागि करिब एक लाख ३३ हजार खाद्यान्न र लत्ताकपडाका लागि करिब ११ करोड २६ लाख प्रभावित जिल्लामा निकासा गरिएको छ । यस्तै प्रधानमन्त्री राहत कोषमा हालसम्म मुलुकभित्रबाटै ३५ करोड बराबर नगद सङ्कलन भएको र उल्लेख्य मात्रामा खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध भएको छ ।
बाढीपहिराबाट प्रभावित ४२ मध्ये ४० जिल्लामा नागरिकको ज्यान गएको छ । प्रधानमन्त्री कार्यालयले तयार पारेको तथ्याङ्कअनुसार बाढीबाट बढी प्रभावित जिल्लामा सिन्धुपाल्चोक, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत,जाजरकोटर कैलाली छन् ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]