संविधानसभाको पूर्ण बैठकले संविधानका सहमति हुन बाँकी विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमै फर्काउने भएको छ । बैठकले सहमतिका लागि समितिलाई थप समय उपलब्ध गराउने र समयसीमाभित्र सहमति नभए मतदानका लागि प्रश्नावलीसमेत तयार पारेर प्रतिवेदन बुझाउन थाती विवाद फिर्ता पठाउने सम्भावना छ । तोकिएको म्याद भदौ २१ भित्र सहमति हुन नसकेपछि समिति सभापति समिति सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आइतबार सहमति भएका र हुन नसकेका विषय समेटिएको प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनलाई बुधबार हुने संविधानसभाको पूर्ण बैठकमा प्रस्तुत गरिनेछ । प्रतिवदेन बुझाउँदै सभापति भट्टराईले राजनीतिक दलहरू विवादका प्रमुख विषयमा सहमतिनजिक भएको भन्दै थप समय माग गरेका थिए । प्रमुख राजनीतिक दलबीच राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता प्रमुख विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा पटक–पटक छलफल भए पनि दलहरू आ–आफ्नो अडानमा कायम रहँदै आएका छन् । 
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ