संविधानसभाको पूर्ण बैठकले संविधानका सहमति हुन बाँकी विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमै फर्काउने भएको छ ।  बैठकले सहमतिका लागि समितिलाई थप समय उपलब्ध गराउने र समयसीमाभित्र सहमति नभए मतदानका लागि प्रश्नावलीसमेत तयार पारेर प्रतिवेदन बुझाउन थाती विवाद फिर्ता पठाउने सम्भावना छ । तोकिएको म्याद भदौ २१ भित्र सहमति हुन नसकेपछि समिति सभापति समिति सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आइतबार सहमति भएका र हुन नसकेका विषय समेटिएको प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनलाई बुधबार हुने संविधानसभाको पूर्ण बैठकमा प्रस्तुत गरिनेछ । प्रतिवदेन बुझाउँदै सभापति भट्टराईले राजनीतिक दलहरू विवादका प्रमुख विषयमा सहमतिनजिक भएको भन्दै थप समय माग गरेका थिए । प्रमुख राजनीतिक दलबीच राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता प्रमुख विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा पटक–पटक छलफल भए पनि दलहरू आ–आफ्नो अडानमा कायम रहँदै आएका छन् । 
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल