दसैँ तिहार रमझम प्रवासी मञ्चसंग

picture
लन्डन । हिन्दुहरुको महान चाड बडा दशैँ तथा तिहार प्रवासी नेपाली मञ्च युकेले बेलायतमा देउसी तथा भैलो कार्यक्रम गरि मनाउन लागेको छ । लन्डन  ह्यारो फुटवल क्लबमा भब्य कार्यक्रम आयोजना गरि मनाउन लागिएको हो । देउसी भैलो २२ अक्टुबरमा हुनेछ ।
प्रवासमा रहंदा पनि नेपालीहरुले आफ्नो चाडबाड नेपालमा जसरी नै मनाउन मञ्चले भब्य कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बताए  । सो देउसी भैलो कार्यक्रममा एमालेसंग निकट बेलायतबासीको सहभागिता रहनेछ ।
अध्यक्ष सिम्खडाले महान चाडमा सबै नेपालीको सहभागिता रहने गरि निमन्त्रणा गरिएको बताए  । उनले दशैँ तिहार भनेको नेपालीको चाड भएकाले यसमा एमालेसंग जोडेर हेर्नु नहुने बताए  । कार्यक्रममा नेपाली कलाकारले अन्य मनोरंजन समेत प्रस्तुत गर्नेछन् । मञ्चले बेलायतबासीलाई सो देउसी भैलो तथा मनोरंजन कार्यक्रममा उपस्थितिका  लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री