शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: २१:०० | UK Time: 16:15

सुनकोशीको ताल फुट्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता(फोटोफिचर)

वीनेपाली
२०७१ भदौ २२ गते ४:१३

सिन्धुपाल्चोकको मंखा–जुरेमा पहिरो कारण  सुनकोशी नदी बनेको ताल आइतबार बिहान फुटेको छ । गत साउन १७ गते बिहान पहिरो जाँदा १ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

पचुवारघाटस्थित नदी प्रहाव मापन केन्द्रको ताल फुटेपछि सुनकोशी नदी मापन गरेको प्रवाह। ग्राफिक्स: बाढी प्रक्षेपण केन्द्र

पचुवारघाटस्थित नदी प्रहाव मापन केन्द्रको ताल फुटेपछि सुनकोशी नदी मापन गरेको प्रवाह। ग्राफिक्स: बाढी प्रक्षेपण केन्द्र

सुनकोशीको बनेको ताल फुटेपछिको दृश्य। तस्वीर : कपिल धितालको ट्वीटर

सुनकोशीको बनेको ताल फुटेपछिको दृश्य। तस्वीर : कपिल धिताल

ताल फुट्दा तल फुटाउन प्रयोग काममा प्रयोग गरिएको नेपाली सेनाका एउटा मोटर गाडी समेत बगाएको प्रहरीले जनाएको छ ।  यसअघि सेनाले विष्फोटक पदार्थको प्रयोग गरेर पटक पटक बाँध भत्काउने कोशिस गरेको थियो।

 

ताल फुटेपछिको सुनकोशी नदी। तस्विर : कपिल धिताल

ताल फुटेपछिको सुनकोशी नदी। तस्विर : कपिल धिताल

सुनकोशीका ताल फुटेपछि सरकारले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सुनकोशी नदीमा पानीको बहाव बढेको छ । यो समाचार तयार पर्दासम्म कुनै मानवीय क्षति भएको समाचार छैन । ताल बनेको स्थानमा पानीको सहत घट्न थालेपछि अरनिको राजमार्ग र विद्युत गृह देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

पहिरोले थुनिएको स्थानमा यसरी बगेको छ सुनकोशी । तस्वीर : कपिल धिताल

पहिरोले थुनिएको स्थानमा यसरी बगेको छ सुनकोशी । तस्वीर : कपिल धिताल

पानीको सतह घटेपछि देखिएको सनिमा जलविद्युत आयोजना। तस्विर : कपिल धिताल

पानीको सतह घटेपछि देखिएको सनिमा जलविद्युत आयोजना। तस्विर : कपिल धिताल

पानीको सतह घटेपछि देखिएको सुनकोशी र भोटेकोशीको दोभान। तस्विर: कपिल धिताल

पानीको सतह घटेपछि सुनकोशी र भोटेकोशीको दोभानमा देखिएको बालुवा । तस्विर: कपिल धिताल

तलको पानी सुक्न थालेपछि देखिएका घरहरु। तस्विर: कपिल धिताल

तलको पानी सुक्न थालेपछि देखिएका घरहरु। तस्विर: कपिल धिताल

raod 1 Road Sunkoshi222222222222222

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक