लण्डन । कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका दुई नेपाली कतारी जेलमा सकुशल रहेको औपचारिक रुपमा पुष्टी भएको छ ।
बेलायतको विदेश मन्त्रालयले उपाध्याय र घिमिरेको परिवारलाई इमेल र फोन गरि दुवै जना कतारी जेलमा सुरक्षित रहेको जानकारी शनिवार दिउँसो दिएको हो ।
तर, के, कति कारणले कतारी जेलमा राखिएको भन्ने बारेमा बेलायती विदेश मन्त्रालयले केही जानकारी गराएको छैन ।
कृष्ण उपाध्यायका आफन्त श्रेय पौडेलले वी नेपालीको समाचारको पुष्टी गर्दै भने, ‘उनीहरु सुरक्षित रहेकोमा खुसी व्यक्त गर्दै परिवारहरुले सकुशल बेलायत फिर्ताका लागि कतारी सरकारसँग आग्रह गरेका छन् ।’ दुवैका परिवारले उपाध्याय र घिमिरे सुरक्षित बेलायत फिर्ता हुनेमा समेत विश्वास व्यक्त गरे । ‘उपाध्याय र घिमिरे सुरक्षित बेलायत फिर्ता नआएसम्म बेलायतस्थित कतारी दूतावासलाई दवाव दिन प्रदर्शनलाई जारी राख्ने र बेलायत सरकारलाई सो कार्यमा पहल गर्न आग्रह गरिनेछ’, पौडेलले वी नेपालीलाई थप जानकारी दिए ।
दुई दिनअघि वी नेपाली डट कमले नेपाली मुलका बेलायती नागरिक उपाध्याय र घिमिरे कतारी जेलमा रहेको समाचार प्रकाशित समेत गरेको थियो । त्यसबाहेक नेपाल पत्रकार महासंघ बेलायत शाखा, गैर आवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मंच र दुवैका परिवारजनले उपाध्याय र घिमिरे कहाँ, कुन अवस्था छन् तत्काल सार्वजनिक गर्न माग गरेका थिए । ति संस्थाहरुले सकुशल बेलायत फिर्ता गराउन पनि बेलायत सरकार र बेलायतस्थित कतारी दूतावासलाई ध्यानाकर्षण गराएका थिए ।
गत विहीबार नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यहरु पत्रकार गुणदेव घिमिरेको साउथ इष्टस्थित वुलवीचको घर गएर ऐक्यवद्धता जनाएका थिए । यसअघि नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित कतारका राजदूतलाई शाखा सदस्य घिमिरे र मानवअधिकारकर्मी तथा प्रवासी नेपाली मंच बेलायतसँग आवद्ध उपाध्याय कहाँ, कुन अवस्थामा छन् भन्ने बारेमा गम्भिर चासो व्यक्त गर्दै विज्ञप्ती जारी गरेको थियो । पत्रकार महासंघ बेलायतले बेलायतस्थित कतारका राजदूतलाई फ्याक्समार्फत गम्भिर चासो सहितको पत्र पठाएको थियो ।
कतारमा उपाध्याय र घिमिरेलाई प्रहरी जस्ता देखिने सादा पोशाकका व्यक्तिले पछ्याएको उनीहरुले केही दिनअघि पारिवारलाई बताएका थिए । त्यस लगत्तै सादा पोशाकका प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको अनुमान गरिएको थियो । सो सम्बन्धी सामाचार बेलायती अखवारले द इन्डिपेडेन्टले प्रकाशित गरेको थियो ।
कतारस्थित ग्रयाण्ड हायात होटलमा बसेका उपाध्याय र घिमिरे २७ अगष्टमा दोहा गएका थिए । उपाध्याय आइतवार नर्वे फर्कने तयारीमा थिए भने घिमिरे लन्डन फर्कदै थिए । उनीहरु नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेन्ट (जीएनआडी) का तर्फबाट सन् २०२२ को फिफा वल्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको स्थितिलगायतका बिषयमा बृत्तचित्र बनाउन कतार पुगेका थिए । उनीहरु दुवैसँग बेलायती राहदानी छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी