नेकपा–माओवादीको मागअनुसार प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएपनि कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्न कांग्रेस एमाले तयार भएपनि मिति तोक्न असफल भए । दोस्रो पटकको संविधान लेखन प्रक्रिया नै बहिस्कार गरेको नेकपा-माओवादीले संविधानका अन्तर्वस्तुमा सहभागी खोज्न सम्मेलन गर्नुपर्ने माग गर्दै आएको छ ।
सत्तारुढ दलहरु कांग्रेस र एमाले भदौको २६ वा २७ मा सम्मेलन गर्ने
पक्षमा रहेका छन् भने नेकपा–माओवादीले असोज ४ गतेको मिति प्रस्ताव गरेको छ । एकीकृत माओवादीले पनि यसमा समर्थन जनाएको छ । एमालेका केन्द्रीय सदस्य अग्नी खरेलले सम्मेलन ढिलो गरेर संविधान निर्माणका लागि तय गरेको समयसीमा प्रभावित गर्नु नहुने तर्क गर्छन ।
‘संविधानसभाभित्र छलफल भैरहँदा बाहिर सहमति खोज्ने प्रयास बढी सान्दर्भिक हुन्छ,’ खरेलले भने, ‘ढिलो गरेर संविधानको तालिकालाई प्रभावित बनाउनु पर्ने काम गर्नु हुन्न ।’ शनिबारभित्र दलहरुबीच प्रमुख विषयमा सहमति नभए संविधानसभाको पूर्ण बैठकमा लगेर प्रक्रियाअनुसार पारित गर्ने दलहरुबीच सहमति भएको छ ।
विधि, प्रक्रिया र सहभागीताको बारेमा आवश्यक तयारी गर्न चार दलका २–२ सदस्य राखेर कार्यदल समेत गठन गरेको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला, नरहरी आचार्य, एमालेबाट भीम रावल र अग्नी खरेल, एकीकृत माओवादीबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा र नेकपा–माओवादीबाट सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो