
बेलायतबाट नेपाली श्रमिकबारे वृत्तचित्र बनाउन कतार गएका दुई नेपाली वेपत्ता
सन् २०२२ को फिफा वल्र्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको बसोबासको व्यवस्था लगायतका विषयमा अन्तर्वार्ता लिन उनीहरु कतार पुगेका थिए । उनीहरु नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट -जीएनआरडी) का लागि वृत्तचित्र बनाउन कतार गएको त्यससंस्थासंग आवद्ध उपाध्यायकी जीवनसंगिनी पौडेलले वीनेपालीलाई जनाइन् । उपाध्यायले उक्त संस्थामा काम गरेको तीनमहिना मात्र भएको थियो ।
यसअघि उनी सन् २००२ देखि २०१३ सम्म लन्डनस्थित एन्टी स्लेभरी ह्युमन राइट्स संस्थासंग आवद्ध थिए ।
उपाध्याय र घिमिरे सम्पर्कविहीन भएपछि दुवै परिवार चिन्तामा छ । उपाध्यायकी जीवनसंगिनी पौडेलले चिन्ता व्यक्त गर्दै मंगलबार घर नजिक वेम्लीस्थित प्रहरी कार्यालयमा उजुरी गर्न जांदा प्रहरीले केही दिन कुरौं भनेर उजुरी दर्ता गर्न नमानेको जनाइन् ।
उता, घिमिरेकी जीवनसंगिनी बन्दना घिमिरेले पनि केही खवर नआउंदा चिन्ता भइरहेको वीनेपालीलाई जनाइन् । ‘आज फ्लाइट छ, म हिथ्रो आइपुगेर फोन गर्छु भनेर म्यासेज गर्नुभएको थियो तर कता गायव पारे केही पत्तो छैन्’, उनको रोदन थियो । साउथ इष्ट लन्डनस्थित वुलवीच बस्ने बन्दनाले मंगलबार स्थानीय प्रहरीसमक्ष घट्नाबारे जानकारी गराएको जनाइन् ।
जीएनआरडीका अनुसार विगत तीनदिनदेखि कतारी अधिकारीहरुसित पटकपटक अनुरोध गरे पनि उनीहरुका बारेमा केही जानकारी पाउन सकिएको छैन् ।
उनीहरुलाई कतारी प्रहरीले पक्राउ गरेको हुनसक्ने तथा यातना एवं दुव्र्यबहार गरिएको हुनसक्ने जीएनआरडीको आशंका छ । जीएनआरडीले प्रकाशित गरेको विज्ञप्तिमा आफ्ना दुई कर्मचारीहरु बेपत्ता पारिएको र उनीहरुलाई यातना दिइनसक्ने जोखिममा रहेको बताइएको छ ।
जीनआरडीले कतारमा नेपाली कामदारमाथि भएको दुव्र्यबहारका विरुद्ध लडिरहेको उल्लेख गर्दै आफ्ना कर्मचारीको सुरक्षाप्रति कतारी अधिकारीहरु उत्तरदायी हुनुपर्ने बताएको छ । उनीहरुमाथि कुनै पनि शारीरिक वा मानसिक यातना दिइएमा त्यसका विरुद्ध सबै खाले कानुनी कारवाही अगाडि बढाउने चेतावनी पनि उसले दिएको छ ।
५० वषर्ीय उपाध्याय लण्डनको स्कुल अफ ओरेण्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) बाट नेपालको आन्तरिक द्वन्द्वमा थारु अनुभवका बारेमा विद्यावारिधि गर्दै छन् । उनले केही महिनाअघि कविता संग्रह पनि प्रकाशमा ल्याएका छन् ।
३६ वर्षी घिमिरे नेपाल पत्रकार महासंघ, यूके शाखामा आवद्ध छन् भने लण्डनबाट सञ्चालित नमस्ते युरोप कार्यक्रमका क्यामेरामेन हुन् । यसअघि उनी लन्डनस्थित नेपाली टिभीमा कार्यरत थिए ।
उनीहरु दुवै जनासित बेलायती राहदानी रहेको बताइएको छ ।
श्रमिकहरुसित क्याम्पमै गएर अन्तर्वार्ता लिन असम्भव हुने बताइएपछि नेपाली दूतावासमा भिसा लिन आएका कामदारहरुसित उनीहले अन्तर्वार्ता लिादै आएका थिए ।
नेपाली कुटनीतिज्ञसित हुादा नै गत सप्ताहन्तमा सादा पोशाकका कतारी सुरक्षाकर्मीले पिछा गरेको र कुटनीतिज्ञले सुरक्षाकर्मीलाई हस्तक्षेप गर्न वाध्य तुल्याएको उपाध्यायको भनाइ उल्लेख गर्दै जीएनआरडीले बताएको छ ।
उपाध्यायले सहकर्मी र साथीहरुलाई आफू निगरानीमा परिसकेको सन्देश पठाएका थिए । “मलाई पिछा गरिए जस्तो छ । उनीहरुले मलाई दुःख देलान् जस्तो छ” उपाध्यायले एक सन्देशमा भनेका छन् ।
कतारबाट नर्वे प्रस्थान गर्ने तयारीमा रहेर उनीहरुले आफू रहेको होटल ग्राण्ड हायातबाट चेक आउट गरेको तर प्रहरीको उपस्थितिका कारण रिसेप्सनमै नर्वे आउने उडानको समय नभएसम्म बस्ने योजना बनाएका थिए ।
उपाध्यायको सन्देश पाएका एक मित्रले जीएनआरडीलाई उपलब्ध गराएको जानकारीअनुसार सादा पोशाकका प्रहरीको बिगबिगीका कारण होटल परिसर छाड्न उपाध्यायले असुरक्षित महसुस गरेको बताइएको छ । सन्देशमा होटल छाडेपछि के हुने हो भन्नेमा उपाध्यायले चिन्ता व्यक्त गरेका थिए ।
लण्डनस्थित कतारी दूतावासले यसबारेमा प्रतिक्रिया दिन इन्कार गरेको दी इण्डिपेण्डेण्टले जनाएको छ भने ब्रिटिश फरेन अफिसका प्रवक्ताले कतारमा दुई नागरिक बेपत्ता भएको आफूहरुलाई जानकारी भएको र यसमा काम गरिरहेको जनाएका छन् ।
प्रतिक्रिया
