
हजार ग्राजुयटस्ले गलैँचा कारखानामा स्वास्थ्य र पोषण अभियान चलाउने
काठमाडौँ । बेलायतको बर्नमाउथ विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेर नेपाल फर्केका रामहरि अधिकारीको पहलमा नेपालमा शुरु भएको हजार ग्राजुयट्स अभियानले काठमाडौँको गलैँचा कारखानामा स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रम चलाउने भएको छ ।
अभियानका अगुवा अधिकारीका अनुसार उस्तै सोचाइ भएका युवाहरुले स्वयंसेवीरुपमा शुरु गरेको सो अभियानको कार्यक्रममा प्रा.डा. सुनिल जोशी, डा. पार्थ गुरागाइा, डा. कोपिला अधिकारी, पोषणविद् सुशीला शर्मा, जनस्वास्थ्यविदहरु बदि्र पौडेल, गणेश श्रेष्ठ, सञ्जय दास लगायतका विज्ञहरुले गलैँचा कारखानामा काम गर्ने मजदुर, महिला र बालबालिकाहरुलाई बालस्वास्थ्य तथा पोषणसम्बन्धी जानकारी दिने छन् ।
त्यस्तै लोक गिरी, अनिल गिरी, सञ्जु नेपाल, विनायक मैनाली, जेएन श्रेष्ठ, सरिता पुडासैनी लगायतका स्वास्थ्यकर्मी तथा नर्सहरु सो कार्यक्रममा स्वयंसेवीरुपमा सरिक हुने छन् ।
कार्यक्रमलाई भूषण श्रेष्ठ, ऋषभ सिग्देल, सुजाता श्रेष्ठ, उमानाथ धमला र जानकी भट्टराई लगायतले ब्यवस्थापन गर्ने अधिकारीले जानकारी दिए ।
अभियानले यसअघि सुनकोशीको बाढीपहिरो पीडितहरुलाई घटनाको भोलिपल्टै राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुगी वितरण गरेको थियो । यस्तै, गोरखाको आँपपिपल अस्पतालको लागि एम्बुलेन्स सञ्चालन गर्न सहयोग संकलन पनि गरिरहेको छ ।
‘नेपालीका लागि नेपालीले नै केही गर्न सक्छ, सधैँ विदेशीको मुख ताक्न पर्दैन’ भनेर आफूहरुले यस्तो अभियान शुरु गरेको अधिकारी बताउाछन् । शुरुमा गरिब दुःखीका लागि सेवा गर्न आफूसित पैसाको खानी नै छ जस्तो गर्ने समाजसेवी भनाउँदा र राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफूहरुको अनुरोध कसैले नसुनेको त कसैले सुनेपछि बेपत्ता भएको आरोप पनि उनले लगाए ।
“एक/दुई जनाले नसुनेर, बेपत्ता भएर केही फरक नपर्ने रहेछ । राम्रो कामका लागि एकसेएक अगाडि सर्ने रहेछन्” हौसिँदै उनले भने ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई