काठमाडौँ । बेलायतको बर्नमाउथ विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेर नेपाल फर्केका रामहरि अधिकारीको पहलमा नेपालमा शुरु भएको हजार ग्राजुयट्स अभियानले काठमाडौँको गलैँचा कारखानामा स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रम चलाउने भएको छ ।
अभियानका अगुवा अधिकारीका अनुसार उस्तै सोचाइ भएका युवाहरुले स्वयंसेवीरुपमा शुरु गरेको सो अभियानको कार्यक्रममा प्रा.डा. सुनिल जोशी, डा. पार्थ गुरागाइा, डा. कोपिला अधिकारी, पोषणविद् सुशीला शर्मा, जनस्वास्थ्यविदहरु बदि्र पौडेल, गणेश श्रेष्ठ, सञ्जय दास लगायतका विज्ञहरुले गलैँचा कारखानामा काम गर्ने मजदुर, महिला र बालबालिकाहरुलाई बालस्वास्थ्य तथा पोषणसम्बन्धी जानकारी दिने छन् ।
त्यस्तै लोक गिरी, अनिल गिरी, सञ्जु नेपाल, विनायक मैनाली, जेएन श्रेष्ठ, सरिता पुडासैनी लगायतका स्वास्थ्यकर्मी तथा नर्सहरु सो कार्यक्रममा स्वयंसेवीरुपमा सरिक हुने छन् ।
कार्यक्रमलाई भूषण श्रेष्ठ, ऋषभ सिग्देल, सुजाता श्रेष्ठ, उमानाथ धमला र जानकी भट्टराई लगायतले ब्यवस्थापन गर्ने अधिकारीले जानकारी दिए ।
अभियानले यसअघि सुनकोशीको बाढीपहिरो पीडितहरुलाई घटनाको भोलिपल्टै राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुगी वितरण गरेको थियो । यस्तै, गोरखाको आँपपिपल अस्पतालको लागि एम्बुलेन्स सञ्चालन गर्न सहयोग संकलन पनि गरिरहेको छ ।
‘नेपालीका लागि नेपालीले नै केही गर्न सक्छ, सधैँ विदेशीको मुख ताक्न पर्दैन’ भनेर आफूहरुले यस्तो अभियान शुरु गरेको अधिकारी बताउाछन् । शुरुमा गरिब दुःखीका लागि सेवा गर्न आफूसित पैसाको खानी नै छ जस्तो गर्ने समाजसेवी भनाउँदा र राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफूहरुको अनुरोध कसैले नसुनेको त कसैले सुनेपछि बेपत्ता भएको आरोप पनि उनले लगाए ।
“एक/दुई जनाले नसुनेर, बेपत्ता भएर केही फरक नपर्ने रहेछ । राम्रो कामका लागि एकसेएक अगाडि सर्ने रहेछन्” हौसिँदै उनले भने ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत