लन्डन । आइतबार लन्डनस्थित केम्पटन पार्क रेस कोर्स स्टेडियम नेपालमय बन्यो ।
छैटौं नेपाली मेला हेर्न हजारौं सहभागी हुंदा स्टेडियम अनि आसपास क्षेत्र नेपालीले भरिभराउ थियो । सहभागीले आफ्नै मातृभूमिको आंगनमा रमाए जस्तो अनुभूति गरे । ‘जताततै नेपाली अनि तिनका परम्परागत भेषभुषा र गरगहना देख्दा नेपाल भन्दा टाढा रहेजस्तो लागेन’, एक सहभागी अर्चना सापकोटाले भनिन् । मिनी नेपालको झल्को दिलाउंदै मेलामा बेलायतस्थित विभिन्न संघसंस्थाले परम्परागत झांकी प्रदर्शन गरे । लोकनाच देखि भैरव, घांटु र कौडा नृत्य पनि आकर्षणको केन्द्रमा रहे । खानामा रमाउनेको जमात बेग्लै थियो ।
मेला संयोजक तथा आयोजक तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले वीनेपालीसंग
कुराकानी गर्दै मेलामा बेलायतका विभिन्न जातीय, सामाजिक तथा पेशागत ४४ संघसंस्थाले झांकी प्रदर्शन गरेको जनाए । उनले ८ हजार भन्दा बढि दर्शक सहभागी भएको जनाउंदै मेलाले नेपाली कला संस्कृति संरक्षणबोहक नेपालीलाई एकवद्ध गर्न सफल भएको टिप्पणी समेत गरे ।
मेलाका प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली कला संस्कृति जोगाउन तमुधि यूकेले गरेको प्रयासप्रति प्रशंसा गर्दै मेलाले विविधताको देश नेपालका जनता एकतामा रमाउन सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे । क्षेत्रीले नेपाली सुनकोशी बाढीपीडितहरुका लागि बेलायतवासी समस्त नेपालीलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।
औपचारिक चरणमा मन्तव्य दिंदै आयोजक तमुधिं यूकेका अध्यक्ष कमल गुरुङले नेपाली कला संस्कृतिको संरक्षण एवं संवद्र्धन र नेपालीहरुलाई एकै ठाउंमा एकत्रित गर्न भेला आयोजना गरिएको प्रष्ट्याए । उनले मेलाका प्रायोजक तथा स्वयंसेवक एवं अन्य सबै सहयोगी र दर्शकप्रति आभारसमेत व्यक्त गरे ।
मेलाको मुख्य आकर्षणमा विभिन्न झांकीबाहेक नृत्य प्रतियोगिता, चिनिया ड्रयागन नाच, कोरियन डान्स, तेक्वान्दो कला प्रदर्शनी र राफल चिट्ठा थिए । विभिन्न खाना र च्यारिटी स्टलमा पनि दर्शक रमाए । आयोजकले च्यारिटेवल संस्थालाई स्टल राख्न ५० प्रतिशत सहुलियत दिएर पनि यसपटक सहभागिता उल्लेख्य थियो । डेटिङ स्पट बनाउने तन्नेरीहरुको पनि उल्लेख्य भीड रह्यो । वृद्धवृद्धा आफ्ना दौंतरी अनि नातेदार भेट्न पाउंदा दंग देखिन्थे । यसपटक मेलाले झन् बढि लोकप्रियता बटुल्यो । कान्तिपुर एफएम, नेपाली टिभी यूके र एभरेष्टटाइम्स् डट नेटले मेलाको प्रत्यक्ष प्रसारण गरेका थिए । अगाडि पछाडि राखिएको बीग स्क्रिनले पनि मेलाको सौन्दर्यता थप्यो ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गरे वापत पुन समाज यूकेले ह्याट्रिकसहित एम्बेसेडर कप हात पार्यो भने उत्कृष्ट कल्चरल परफर्मेन्स्मा लमजुङ समाज यूकेले अवार्ड जित्यो । समाजले घाटु नाच प्रस्तुत गरेको थियो । तमुधि यूकेले यसै वर्षबाट शुरु गरेको कम्युनिटी अवार्ड वुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष काजी शेर्पालाई दिइयो । गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष योगेन क्षेत्रीले शेर्पालाई कम्युनिटी अवार्ड हस्तान्तरण गरेका थिए ।
तमुधिं यूकेले सुनकोशी बाढी पीडितहरुको सहयोगार्थ एकहजार पाउण्ड दिने घोषणा गरेको छ भने विजेता पुन समाज यूकेले सात सय पाउण्ड सहयोग गर्यो । अघिल्लो वर्ष तमुधि यूकेले हेल्प नेपाल नेटवर्कलाई अढाई लाख रुपैंया प्रदान गरेको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला