एनआरएनए यूकेमा कंडेल र क्षेत्रीको जुहारी तीव्र

nrn

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका कार्यकारी अध्यक्ष योगेन क्षेत्री र सहअध्यक्ष महेन्द्र कंडेलवीच जुहारी तीव्र भएको छ । एक एक बर्षको कार्यकाल कार्यान्वयन गर्ने बेला नजिकिंदै जांदा दुवै पक्षवीच जुहारीले तीव्रता लिएको हो । अहिले उनीहरु एकले अर्कालाई वक्तव्यमार्फत आक्षेप लगाउंदै आफ्नो कदमको वचाउ गरेका छन् । एनआरएनए यूकेको गत वर्ष भएको असाधारण एकता सम्मेलन बमोजिम एक एक वर्ष अध्यक्ष सम्हाल्ने चक्रीय सहमति अनुसार आगामी २९ सेप्टेम्बरमा क्षेत्रीको कार्यकाल सकिंदै छ ।

‘अध्यक्ष योगेन क्षेत्रीबाट निकालिएको विज्ञप्ति तयार पार्दा शव्दकोषहरुबाट खोजी खोजी प्रयोग गरिएका शव्दहरु, आचारसंहिता, संस्थाको गरिमा, सद्भाव धमिल्याउने, अभद्र व्यवहार, अपाच्य भाषाप्रति मेरो असहमति छ’, सहअध्यक्ष कंडेलले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कंडेलले विज्ञप्तिमा एनआरएनएएलाई अझै समाजको खवरदारी रहेको आवश्यकता आंैल्याएका छन् तर आफूमाथि भएको प्रहारको भने निन्दा गरेका छन् ।
एनआरएनए अझै अधवैंसे अवस्थामा रहेको जनाउंदै उनले पूर्ण वयस्क नभैइन्जेल मलम लगाउन पनि गैर आवासीय नेपाली संघ बेलायतका सदस्यहरुलाई अनुरोध गरेका छन् ।

कंडेलले बैठकको निर्णय पुस्तिका बुकमा उपस्थितिमा हस्ताक्षर गरिए पनि निर्णयमा असहमतिका कारणले हस्ताक्षर नगरिएको स्पष्ट पारेका छन् । ‘निर्णय चित्त नबुझ्दा हस्ताक्षर नगर्ने परम्परा छ’, कंडेलले लेखेका छन् ।

यसअघि क्षेत्रीले  १० अगष्टका दिन सम्पन्न एनआरएनए यूके कार्यसमितिको बैठक पश्चात संस्थाको गरिमामै आंच आउने गरि  भ्रामक समाचार फैलाएको भन्दै  एक विज्ञप्तिमार्फत कंडेलको कार्यशैलीप्रति आपत्ति जनाएका थिए  ।

विज्ञप्तिमा कंडेलले बैठकमा भएका छलफलको माइन्यूटमा हस्ताक्षर गर्ने तर भोलिपल्टै देखि संस्थाका पदाधिकारी र निर्णयको विरोध गर्ने भन्दै आक्षेप लगाइएको थियो  । विशेषगरि, एनआरएनए आइसीसी सल्लाहकार डमर घले विरुद्ध कंडेलले झुटा आरोप लगाएको दावी गर्दै क्षेत्रीले यसप्रति रोष प्रकट गरेका थिए । सूर्य नेम्वांगलाई एनआरएनए यूकेको विधानमै नभएको पद वरिष्ठ उपाध्यक्ष भनि घोषणा गरिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको थियो ।

बैठकमा साधारण सदस्यहरुबाट संकलित रकम करिब तेत्तिस हजार पाउण्ड खातामा दाखिला गर्न भनेपछि कंडेल समूहले त्यसलाई टार्न आइसीसी सल्लाहकार र एनआरएनए संस्थापन पक्ष विरुद्ध खनिएको आक्षेप क्षेत्रीको छ ।

सदस्यहरुबाट संकलित ३३ हजार पाउण्ड संस्थाको कोषमा दाखिला नगरेको सम्बन्धमा र अध्यक्षको उम्मेदवारीलाई हांस्यास्पदको संज्ञा दिंदै कंडेलले २९ सेप्टेम्बरको बेलायतस्थित नेपाली दूतावासको निर्णय पल्टाएर हेर्न समेत सम्झाएका छन् । दूतावासको निर्णय अनुसार नै आफ्नो भागमा परेको २० हजार पाउण्ड चेक मार्फत सोही दिन बुझाएको उनको विज्ञप्तिमा छ ।

स्मरण रहोस्, सहमतिमै अध्यक्ष क्षेत्री र सहअध्यक्ष कंडेलबीच सदस्य संख्या घटाइ थोरै रकम एनआरएनए यूके कोषमा दाखिला 
गर्ने निर्णय भएको थियो जसका कारण दुवै पक्षले दावी गरेको सदस्य संख्या र 
रकममा ६१ हजार पाउण्ड अन्तर छ । यस सम्वन्धि समाचार वी नेपालीले यसअघिनै हस्ताक्षरित सहमतिपत्रसहित प्रकाशित गरेको थियो ।

दूतावास सहमति अनुसार नै क्षेत्रीले चुनाव र अधिवेशन वापत संस्थाको पैसा चलाएको र कंडेल पक्षले सबै खर्च संस्थाबाट नगरी व्यक्तिगत रुपमा गरेकाले बांकी पैसाको हिसाव किताव त्यसमा मिलाउने सहमति गरिएको दाबी कंडेलको छ ।
विज्ञप्तिमा उनले काउन्सिल वैठक तयारीका लागि गठन गरिएको विषयगत समितिले प्रचार र निमन्त्रणाको कुनै कार्य नगर्न क्षेत्रीले दवाव दिएको पनि दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री