म्याग्दी । जिल्लाको बेगखोला गाविसमा रहेको महादेव माविमा युकेमा रहेका बेगखोलावासीले पाँच लाख रुपियाँ राशिको पुरस्कार अक्षयकोष स्थापना गरेका छन् ।
सो विद्यालयबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि बेगखोला कल्याणकारी समाज उप–शाखा युकेमा आवद्ध व्यक्तिले आर्थिक सङ्कलन गरी विद्यालयको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोषबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई जनही दुई हजार रुपियाँका दरले पुरस्कृत गर्ने बेगखोला गाविस सचिव चित्रनाथ शर्माले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा सो अक्षयकोषको घोषणा गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बेगखोला कल्याणकारी समाज उपशाखा युकेका युबहादुर गर्बुजाले अक्षयकोषबाट प्रदान हुने पुरस्कारले विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गर्ने बताए ।
उपशाखा युकेमा आवद्ध समाजसेवीले २०६२ सालदेखि नै विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई जनही दुई हजार रुपियाँका दरले पुरस्कृत गर्दै आएको विद्यालयले जनाएको छ ।
यसैबीच बेगखोला कल्याणकारी समाज उपशाखा युकेका पदाधिकारीले मिर्गाैला पीडित गणेश तिलिजालाई ७८ हजार रुपियाँ र सडक दुर्घटनामा घाइते भएकी दीपा शेर्वुजाको उपचारार्थ ४२ हजार रुपियाँ नगद सहयोग प्रदान गरेको छ ।
त्यस्तै उपशाखा युकेका युबहादुर गर्वुजाले स्थानीय पार्वती, बेगखोला र पुनभिसी युवा क्लबलाई १५ हजार रुपियाँ, बाजा समूहलाई तीन हजार रुपियाँ सहयोग गरेको गाविस सचिव शर्माले जानकारी दिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार