म्याग्दी । जिल्लाको बेगखोला गाविसमा रहेको महादेव माविमा युकेमा रहेका बेगखोलावासीले पाँच लाख रुपियाँ राशिको पुरस्कार अक्षयकोष स्थापना गरेका छन् ।
सो विद्यालयबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि बेगखोला कल्याणकारी समाज उप–शाखा युकेमा आवद्ध व्यक्तिले आर्थिक सङ्कलन गरी विद्यालयको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोषबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई जनही दुई हजार रुपियाँका दरले पुरस्कृत गर्ने बेगखोला गाविस सचिव चित्रनाथ शर्माले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा सो अक्षयकोषको घोषणा गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बेगखोला कल्याणकारी समाज उपशाखा युकेका युबहादुर गर्बुजाले अक्षयकोषबाट प्रदान हुने पुरस्कारले विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गर्ने बताए ।
उपशाखा युकेमा आवद्ध समाजसेवीले २०६२ सालदेखि नै विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई जनही दुई हजार रुपियाँका दरले पुरस्कृत गर्दै आएको विद्यालयले जनाएको छ ।
यसैबीच बेगखोला कल्याणकारी समाज उपशाखा युकेका पदाधिकारीले मिर्गाैला पीडित गणेश तिलिजालाई ७८ हजार रुपियाँ र सडक दुर्घटनामा घाइते भएकी दीपा शेर्वुजाको उपचारार्थ ४२ हजार रुपियाँ नगद सहयोग प्रदान गरेको छ ।
त्यस्तै उपशाखा युकेका युबहादुर गर्वुजाले स्थानीय पार्वती, बेगखोला र पुनभिसी युवा क्लबलाई १५ हजार रुपियाँ, बाजा समूहलाई तीन हजार रुपियाँ सहयोग गरेको गाविस सचिव शर्माले जानकारी दिए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल