
काठमाडौ । देशभरि आवश्कयताभन्दा बढी वर्षात भएर बाढीपहिरो चलिरहंदा उपत्यकामा भने दैनिक १० करोड लिटरभन्दा बढी खानेपानीको माग भइराखेको छ ।
चैत, वैशाख र जेठ महिनाको तुलना यो माग अन्त्यत न्यून रहेको भए पनि बीच वर्षातमा यस्तो माग हुनु भनेले काठमाडौंमा पानीको माग र आपूर्तिको अनुमान गर्न त्यतिकै सजिलो हुन्छ । खानेपानी व्यवसायमा आवद्ध व्यापारीहरु भन्छन्, ‘ती तीन महिनामा दैनिक २५ करोड लिटरसम्म पानी व्यापार भयो ।’
हाल उपत्यकाभित्र दैनिक ८०० ट्याङकर पानी खरिद बिक्रीमा संलग्न छन् । यस्ता ट्याङकरको मता पाच हजार लिटरदेखि १५ हजार लिटरसम्म रहेका छन् ।
यसबाहेक अतिरिक्त २० लिटरका जार र एक लिटरका बोतलका पानी पनि बिक्री वितरण्ँ भइराखेको छ । एक लिटर बोतलका पानी उपत्यकाभित्र दैनिक कति खपत हुन्छ भन्ने एकिन जानकारी कुनै निकायसित छैन । उपत्यका खानेपानी ट्याङकर तथा बोरिङ व्यवसाय सङ्घका अनुसार उपत्यकाभित्र पानीको कारोबार गर्न नौ अर्ब रुपियांभन्दा माथि लगानी भइसकेको छ ।
उपत्यका भित्रका मुख्यतः चोभार, बालाजु, जोरपाटी, मातातीर्थ, गोदावरी, मच्छेगाउ पानीको मुख्य स्रोत भएका ठाउँ हुन् । यस्ता ठाउँबाट मुहान, बोरिङ तथा स्योलोट्युबवेलमार्फत उपत्यकाभित्र पानी बिक्री वितरण्ँ हुने गर्दछ । यस व्यवसायमा सांसददेखि ठूला घरानाका व्यापारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको सङ्घले जनाएको छ ।
अहिले ती पानीका स्रोतबाट एकसय मिटर डिप बोरिङ तथा ४०÷५० फिटसम्मका स्यालो ट्युवमा भूमिगत पानी तानी बिक्री भइराखेको छ । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेको निर्देशिका विपरीत अनधिकृत रुपमा केही व्यवसायीले बोरिङ तथा स्यालो ट्युबवेलबाट पानी निकालिरहेको सङ्घले जनाएको छ ।
सङ्घले बोर्डबाट केवल १९ वटा व्यवसायीले मात्र इजाजत लिएको जनाएको छ । तर उपत्यकाभित्र ३०० भन्दा बढी बोरिङ तथा स्यालो ट्युबवेल बिनाअनुमति सञ्चालनमा रहेको बताइन्छ ।
सङघका हरिकृष्ण कडेल भूमिगत पानीको कारोबारलाई व्यवस्थित बनाउन सरकारले व्यवसायीलाई सहयोग दिन आवश्यक रहेको बताउंछन् ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्र बम अनुमति नलिई सञ्चालनमा रहेका बोरिङ तथा स्यालो ट्युबवेलका सञ्चालकमाथि अनुगमन गरी कारबाही सुरु गरिएको बताउंछन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी