आफ्ना नातेदार पर्ने गरि मर्यादा मिचेरै भएपनि सरकारले नौ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवा गरेको हो ।
प्रधानमन्त्री उपचारार्थ अमेरिका जानुअघि सुरु भएको सात एआईजी बढुवा प्रक्रियालाई आजको मन्त्रिपरिषद्ले टुंगो लगाएको हो । सात जना मात्र बढुवा गर्नुपर्नेमा नौ जनाको बढुवा गरिएको छ ।
बढुवा भएका डिआइजीमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रवहादुर शर्मा, विज्ञानराज शर्मा, गणेश राई, नारायण बास्ताकोटी, प्रतापसिंह थापा, वीरेन्द्रवावु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद छन् ।
त्यसैगरी, वैठकले १० जना सहसचिवलाई कामु सचिवमा बढुवा गरेको छ जसमा प्रेमचन्द्र राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईश्वरी पौडेल जल तथा उर्जा मन्त्रालय, जीवनप्रभा लामा राष्ट्रिय सूचना आयोग, शरदचन्द्र पौडेल बन मन्त्रालय, खुमराज कुन्जेली शान्ति तथा पुनर्निमार्ण मन्त्रालय, टंकमणि शर्मा सार्वजनिक खरिद आयोग, शुशीलबहादुर मल्ल सूचना तथा संचार छन् ।
त्यस्तै, पूर्वाञ्चल क्षेत्रिय प्रशासक विराटनगर अन्नपुणानन्द दास, पश्चिमांचल क्षेत्रिय प्रशासक दिनेश थपलिया र सुर्खेतमा क्षेत्रिय प्रशासक बिजय मल्लिकलाई सरुवा गरेको छ ।
सरकारले सिन्धुपाल्चोकलगायतका क्षेत्रमा गएको बाढीबाट नागरिकको मृत्यु भएकोमा दुख व्यक्त गरेको छ । मन्त्रिपरिषद्का सबै सदस्यहरुले सहयोग स्वरुप १५ दिनको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि वैठकको छ । आपतकालिन अबस्थाका लागि प्रहरीलाई २४ सै घण्टा तयारीमा राख्ने निर्णय समेत भएको छ ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी