काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालको आत्मकथा विहीवार सार्वजनिक भएको छ । कालिकास्थानस्थित पव्लिकेशन गृहमा पत्रकार किरण भण्डारीले कटवाललाई पुस्तक हस्तान्तरण गरेर सार्वजनिक गरेका हुन् । कटवालले सैनिक जीवनका अनुभव, कदमहरु, दरवार, राजनीतिक दलहरुसँगका सम्बन्ध बारे पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकमा सैनिक भोगाई मार्फत राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्डमा भएका घटनालाई सार्वजनिक गरिएको छ । राजा महेन्द्रले पूर्वाञ्चल सवारीमा फेला पारेका एक दुर्गम गाउँका सामान्य बालकदेखि प्रधानसेनापति पद सम्हाल्दा सम्मका कटवालका रोचक अनुभव र कतिपय पत्याउन गार्हो पर्ने भोगाई पुस्तकमा समेटिएको छ ।
माओवादी द्वन्द्व र शाही कदम हुँदै जनआन्दोलन २०६२÷६३ छिचोलेपछि प्रधानसेनापति भएका यिनकै पालामा नारायणहिटी राजदरबारबाट राजारानी
निस्किएका थिए ।
उक्त पुस्तक नेपालयले प्रकाशित गरेको हो । कार्यक्रममा नेपालयका किरणकृष्ण श्रेष्ठले पब्लिकेशन नेपालयको यो १२ औं पुस्तक रहेको जानकारी दिएका थिए । पब्लिकेशनबाट प्रकाशित जीवनीमा आधारित भने आनी छोइङ डोल्मा र विनोद चौधरीपछिको यो तेश्रो पुस्तक हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?