काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालको आत्मकथा विहीवार सार्वजनिक भएको छ । कालिकास्थानस्थित पव्लिकेशन गृहमा पत्रकार किरण भण्डारीले कटवाललाई पुस्तक हस्तान्तरण गरेर सार्वजनिक गरेका हुन् । कटवालले सैनिक जीवनका अनुभव, कदमहरु, दरवार, राजनीतिक दलहरुसँगका सम्बन्ध बारे पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकमा सैनिक भोगाई मार्फत राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्डमा भएका घटनालाई सार्वजनिक गरिएको छ । राजा महेन्द्रले पूर्वाञ्चल सवारीमा फेला पारेका एक दुर्गम गाउँका सामान्य बालकदेखि प्रधानसेनापति पद सम्हाल्दा सम्मका कटवालका रोचक अनुभव र कतिपय पत्याउन गार्हो पर्ने भोगाई पुस्तकमा समेटिएको छ ।
माओवादी द्वन्द्व र शाही कदम हुँदै जनआन्दोलन २०६२÷६३ छिचोलेपछि प्रधानसेनापति भएका यिनकै पालामा नारायणहिटी राजदरबारबाट राजारानी
निस्किएका थिए ।
उक्त पुस्तक नेपालयले प्रकाशित गरेको हो । कार्यक्रममा नेपालयका किरणकृष्ण श्रेष्ठले पब्लिकेशन नेपालयको यो १२ औं पुस्तक रहेको जानकारी दिएका थिए । पब्लिकेशनबाट प्रकाशित जीवनीमा आधारित भने आनी छोइङ डोल्मा र विनोद चौधरीपछिको यो तेश्रो पुस्तक हो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी