
लन्डन । २४ अगष्टमा नेपाली मेला सकिएको अर्को साता वृहत लन्डन मेला हुने भएको छ । गनर्सवरी पार्कमा आगामी ३१ अगष्ट मेला हुन लागेको हो । झण्डै लाख दर्शकले अवलोकन गर्ने ठानिएको लन्डन मेलामा नेपाली समुदायको समेत सहभागिता रहनेछ । लन्डनस्थित नेपाली दूतावाससहित प्रथम नौमति बाजाको प्रत्यक्ष सहभागिता रहने भएकाले मेलालाई नेपाली समुदायले समेत चासोले हेरेको छ । हजारौं दर्शक सामेल हुने मेलामा नेपाललाई समेत आफ्नो चिनारी दिन अवसर प्रदान हुनेछ ।
लन्डन मेला इलिङ र हङ्स्लो काउन्सिलले संयुक्त रुपमा गर्ने मेघा इभेन्ट हो भने यसलाई मेयर अफ लन्डन र आर्टस् काउन्सिलले सहयोग गर्नेछन् । मेलालाई बीबीसी एसियन नेटवर्क र अक्फामको समेत साथ छ । लन्डन मेयर बोरिस् जोन्सनले मेलालाई सहयोग गर्न पाउंदा खुशी लागेको बताएका छन् ।
गैर नाफामुखी उक्त मेलामा एसियाली समुदायको उल्लेख्य सहभागिता रहन्छ ।
लन्डनको जनसंख्या मध्ये १३ दशमलव दुई प्रतिशत (२००१ सेन्सस्) एसियन छन् जसमा इलिङ बरोमा सबैभन्दा बढि २४ प्रतिशत (७३ हजार ८५१) छन् । हङ्स्ले, ब्रेन्ट र ह्यारोमा समेत उल्लेख्य एसियन जनसंख्या भएकाले तिनै समुदायमा लक्षित छ मेला ।
मेलामा एसियाली कला संस्कृति, वेषभुषा र खानाको प्रदर्शनी हुनेछ । नृत्य, गायन, नाटक, खाना प्रदर्शनी, मनोरञ्जनात्मक खेल, सर्कस, कला प्रदर्शनी आदि समावेश हुने भएर मेला ज्यादै रोचक हुने आयोजकको विश्वास छ ।
गत वर्ष करिब ८० हजारले उक्त मेला अवलोकन गरेका थिए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?