
लन्डन । २४ अगष्टमा नेपाली मेला सकिएको अर्को साता वृहत लन्डन मेला हुने भएको छ । गनर्सवरी पार्कमा आगामी ३१ अगष्ट मेला हुन लागेको हो । झण्डै लाख दर्शकले अवलोकन गर्ने ठानिएको लन्डन मेलामा नेपाली समुदायको समेत सहभागिता रहनेछ । लन्डनस्थित नेपाली दूतावाससहित प्रथम नौमति बाजाको प्रत्यक्ष सहभागिता रहने भएकाले मेलालाई नेपाली समुदायले समेत चासोले हेरेको छ । हजारौं दर्शक सामेल हुने मेलामा नेपाललाई समेत आफ्नो चिनारी दिन अवसर प्रदान हुनेछ ।
लन्डन मेला इलिङ र हङ्स्लो काउन्सिलले संयुक्त रुपमा गर्ने मेघा इभेन्ट हो भने यसलाई मेयर अफ लन्डन र आर्टस् काउन्सिलले सहयोग गर्नेछन् । मेलालाई बीबीसी एसियन नेटवर्क र अक्फामको समेत साथ छ । लन्डन मेयर बोरिस् जोन्सनले मेलालाई सहयोग गर्न पाउंदा खुशी लागेको बताएका छन् ।
गैर नाफामुखी उक्त मेलामा एसियाली समुदायको उल्लेख्य सहभागिता रहन्छ ।
लन्डनको जनसंख्या मध्ये १३ दशमलव दुई प्रतिशत (२००१ सेन्सस्) एसियन छन् जसमा इलिङ बरोमा सबैभन्दा बढि २४ प्रतिशत (७३ हजार ८५१) छन् । हङ्स्ले, ब्रेन्ट र ह्यारोमा समेत उल्लेख्य एसियन जनसंख्या भएकाले तिनै समुदायमा लक्षित छ मेला ।
मेलामा एसियाली कला संस्कृति, वेषभुषा र खानाको प्रदर्शनी हुनेछ । नृत्य, गायन, नाटक, खाना प्रदर्शनी, मनोरञ्जनात्मक खेल, सर्कस, कला प्रदर्शनी आदि समावेश हुने भएर मेला ज्यादै रोचक हुने आयोजकको विश्वास छ ।
गत वर्ष करिब ८० हजारले उक्त मेला अवलोकन गरेका थिए ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै