लन्डन । लन्डनस्थित हिलिङ्डन वरो काउन्सिलले गोर्खा नेपाली समुदायका लागि बेग्लै समाधिस्थल दिएको छ । गोर्खा नेपालीहरुले वेष्ट ड्रेटनस्थित चेरी लेन सिमेट्री नजिक पिस मेमोरियल गार्डेनमा बेग्लै समाधिस्थल पाएका हुन् । अहिले २० वर्षका लागि समाधिस्थल छुट्याइएको छ ।
लन्डनमा नेपालीहरुका लागि बेग्लै समाधिस्थल दिनेमा हिलिङ्डन वरो काउन्सिल पहिलो भएको छ ।
हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीले बेग्लै समाधिस्थलका लागि वर्षदिन देखि नियमित पहल गरेको थियो । बेग्लै समाधिस्थल माग गर्दा काउन्सिलले हस्ताक्षरसहित ज्ञापन बुझाउन सुझाएपछि नेपलिज कम्युनिटीले करिब २ सय जनाको हस्ताक्षरसहित ज्ञापन बुझाएको थियो । उक्त ज्ञापन काउन्सिलरहरुको डिवेटमा वहुमतले पास गरेपछि मात्र समाधिस्थल पाइनेमा वहस नै नभइ गोर्खा नेपालीको योगदान सम्झेर सिधै अनुमोदन भएको कम्युनिटीका सचिव तेज पुनमगरले जनाए । पुनमगरले अब उक्त पिस मेमोरियल गार्डेनमा साइन पोष्ट बनाउने र आगामी नोभेम्बर ११ को पप्पी डे आसपासमा मेयरबाटै समाधिस्थल औपचारिक उद्घाटन गर्ने योजना रहेको वीनेपालीलाई सुनाए ।
गोर्खाहरुले विगत २०० वर्ष देखि बेलायती साम्राज्यका लागि लड्दै आएपनि अरु समुदाय जस्तो बेग्लै समाधिस्थल आफूहरुको नभएको गुनासो हिलिङ्डन काउन्सिलसमक्ष गर्दै आएका थिए । काउन्सिलले हालैमात्र अध्यक्ष सूर्य इम्सङ लिम्बु र सचिव तेज पुन मगरलाई मेमोरियल गार्डेनमै बोलाएर समाधिस्थल दिने प्रस्ताव अनुमोदन भएको अवगत गराएको थियो ।
हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीको स्थानीय काउन्सिलसंग राम्रो प्रभाव छ । पप्पी डे परेडमा भाग लिने देखि लिएर मेयर, एमपीको च्यारिटीमा नियमित सघाउने गोर्खा नेपालीले कार्निभलमा समेत उपस्थिति जनाएर विजयी भएपछि काउन्सिल पदाधिकारी नेपालीसंग झन् प्रभावित भएको बुझाइ नेपाली समुदायको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा