लन्डन । लन्डनस्थित हिलिङ्डन वरो काउन्सिलले गोर्खा नेपाली समुदायका लागि बेग्लै समाधिस्थल दिएको छ । गोर्खा नेपालीहरुले वेष्ट ड्रेटनस्थित चेरी लेन सिमेट्री नजिक पिस मेमोरियल गार्डेनमा बेग्लै समाधिस्थल पाएका हुन् । अहिले २० वर्षका लागि समाधिस्थल छुट्याइएको छ ।
लन्डनमा नेपालीहरुका लागि बेग्लै समाधिस्थल दिनेमा हिलिङ्डन वरो काउन्सिल पहिलो भएको छ ।
हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीले बेग्लै समाधिस्थलका लागि वर्षदिन देखि नियमित पहल गरेको थियो । बेग्लै समाधिस्थल माग गर्दा काउन्सिलले हस्ताक्षरसहित ज्ञापन बुझाउन सुझाएपछि नेपलिज कम्युनिटीले करिब २ सय जनाको हस्ताक्षरसहित ज्ञापन बुझाएको थियो । उक्त ज्ञापन काउन्सिलरहरुको डिवेटमा वहुमतले पास गरेपछि मात्र समाधिस्थल पाइनेमा वहस नै नभइ गोर्खा नेपालीको योगदान सम्झेर सिधै अनुमोदन भएको कम्युनिटीका सचिव तेज पुनमगरले जनाए । पुनमगरले अब उक्त पिस मेमोरियल गार्डेनमा साइन पोष्ट बनाउने र आगामी नोभेम्बर ११ को पप्पी डे आसपासमा मेयरबाटै समाधिस्थल औपचारिक उद्घाटन गर्ने योजना रहेको वीनेपालीलाई सुनाए ।
गोर्खाहरुले विगत २०० वर्ष देखि बेलायती साम्राज्यका लागि लड्दै आएपनि अरु समुदाय जस्तो बेग्लै समाधिस्थल आफूहरुको नभएको गुनासो हिलिङ्डन काउन्सिलसमक्ष गर्दै आएका थिए । काउन्सिलले हालैमात्र अध्यक्ष सूर्य इम्सङ लिम्बु र सचिव तेज पुन मगरलाई मेमोरियल गार्डेनमै बोलाएर समाधिस्थल दिने प्रस्ताव अनुमोदन भएको अवगत गराएको थियो ।
हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीको स्थानीय काउन्सिलसंग राम्रो प्रभाव छ । पप्पी डे परेडमा भाग लिने देखि लिएर मेयर, एमपीको च्यारिटीमा नियमित सघाउने गोर्खा नेपालीले कार्निभलमा समेत उपस्थिति जनाएर विजयी भएपछि काउन्सिल पदाधिकारी नेपालीसंग झन् प्रभावित भएको बुझाइ नेपाली समुदायको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न