लण्डन । नखिपोट ब्याडमिण्टन एसोसिएसन, युकेको समर भेला हालै सम्पन्न भएको छ ।
एसोसिएसनको युके शाखाकी अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा आर्मी ग्यारिजन अल्डरसटमा भएको भेलाको पहिलो चरणमा नखिपोट ब्याण्डमिण्टन सर्कल नेपालका अध्यक्ष क्याप्टेन जगतराम राईले नेपालमा भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । साथै युकेमा पनि समय मिलाएर ब्याडमिण्टन खेल र नखिपोट ब्याण्डमिण्टन सर्कललाई अगाडि बढाउन सुझाव दिएका थिए ।
स्वागत मन्तब्य दिँदै संस्थाका संस्थापक तथा सल्लाहकार नारायण कोन्मेले युकेमा नखिपोट ब्याडमिण्टनले गरिरहेका गतिविधिका बारेमा अवगत गराएका थिए । उनले योजनावद्ध गतिविधिलाई अगाडि बढाउने प्रतिवद्धता पनि सो अवसरमा व्यक्त गरे ।
कार्यक्रममा संस्थाका नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो भने संस्थामा आवद्ध सदस्यका ग्राजुएसन गर्ने छोरीहरुलाई सम्मान पनि गरिएको थियो । ग्राजुएसन गरेवापत सम्मान पाउनेहरुमा कुश्मा लिम्बु र लक्ष्मी हुक्पा चोङवाङ लिम्बु छन् ।
भेलामा दिउँसो ११ बजेदेखि ४ बजेसम्म मैत्रीपूर्ण ब्याडमिण्टन पनि खेलाइएको थियो ।
ललितपुरको नखिपोटमा रहेको नखिपोट ब्याडमिण्टन सर्कलको युके शाखाका रुपमा सन् २०१३मा नखिपोट ब्याडमिण्टन एसोसिएसन, युके गठन गरिएको हो । शाखाले सदस्यहरुबीच वर्षको दुईपटक भेटघाट कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा नखिपोट ब्याडमिण्टन एसोसिएसनका सल्लाहकार कृष्ण गुरुङ, नुनेटन ब्राञ्चका अध्यक्ष जोन राईले पनि मन्तब्य दिएका थिए । कार्यक्रम शाखाकी सचिव निर्मला थापाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमको समापन अल्डरसटको मालिंगो रेस्टुरेन्टमा नाचगान र डिनरका साथ भएको थियो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी