लण्डन । स्कटल्याण्डको ग्लास्गोमा जारी पूर्व र वर्तमान ब्रिट्रिश शासित मुलुकहरुको राष्ट्रमण्डलीय खेल कमनवेल्थको पदक तालिकामा इंग्ल्याण्डले अग्रता लिएको छ ।
खेल समापन हुन तीन दिन बाँकी रहँदा (यो समाचार तयार पार्दासम्म) इंग्ल्याण्डले ४२ स्वर्ण पदकसहित पहिलो स्थानमा कब्जा जमाएको छ भने विगतका छ वटा कमनवेल्थ खेलमा सर्वाधिक पदक जितेको अष्ट्रेलिया ३५ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्याण्डले ३७ रजत र ३६ कास्य गरी कुल ११५ पदक हात पारेको छ भने अष्ट्रेलियाले ३४ रजत ४१ कास्यसहित कुल ११० पदक जित्न सफल भएको छ । क्यानाडा २६ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक स्कटल्याण्ड १४ स्वर्णसहित चौथो स्थानमा रहेको छ । यसैगरी न्युजिल्याण्डले १३, भारतले १२ र दक्षिण अफ्रिकाले १० स्वर्ण पदक जितेका छन् ।
बाँकी तीन दिनमा एथलेटिक्स, बक्सिङ, डाइभिङ, हकी, जिम्न्याष्टिक, रोड साइक्लिङ, भारत्तोलन, ब्याडमिण्टन, टेबलटेनिस र बलिङ प्रतियोगिता हुने छन् ।
११ दिन चल्ने यसपटकको कमनवेल्थमा १७ वटा खेलमा प्रतिस्पस्र्धा गराइँदै छ । २६१ इभेन्टमा खेलाइने यस प्रतियोगितामा ७१ देशका ४ हजार ९४७ खेलाडिले भाग लिइरहेका छन् ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]