पोखरा, साउन १ , कास्की जिल्लामा मातृस्वास्थ्यको सूचकाङ्कले किशोरी गर्भवती धेरै रहेको देखाएको छ।
साक्षरता दरमा मुलुककै तेस्रो स्थानमा रहेको कास्कीमा उमेर नपुग्दै बिहे गर्ने र गर्भवती हुने किशोरीको संख्या बढ्दो देखिएको हो।
साक्षरता दर उच्च देखिएको कास्कीमा स्वास्थ्यतर्फ भने युवती र उनका परिवार सचेत नदेखिएको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय जनगणना २०६८ को नतिजाका अनुसार कास्कीमा १५ देखि १९ वर्षबीचको उमेरमा बिहे गर्ने कुल जनसंख्याको ४० प्रतिशत छन्।
कास्कीको कुल चार लाख ९२ हजार ९८ जनसंख्या मध्ये १ लाख २ हजार ४०९ जनाले यो उमेरको बीचमा बिहे गरेका छन्। जसमा महिलाको संख्या ८० हजार ३७ छ। कास्कीमा १० देखि १४ वर्षबीच पहिलो बिहे गर्नेको संख्या १९ हजार अर्थात साढे सात प्रतिशत छ।
यसैगरी २० देखि २४ वर्षबीच ३४ प्रतिशत र २५ देखि २९ वर्षबीच बिहे गर्ने १३ प्रतिशत छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत मित्रप्रसाद अर्याल शिक्षाको दर राम्रो भएपनि प्रजनन स्वास्थ्य र विवाहको उमेरलाई सकारात्मक प्रभाव पार्न नसकेको बताउँछन्। उनी भन्छन्— ‘शिक्षित भएर पनि मानिसहरू प्रजनन स्वास्थ्यमा सम्वेदनशील भएको पाइएन, यो सकारात्मक संकेत हैन।’
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार लेखनाथ नगरपालिकाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउनेमा ३७ प्रतिशत महिला २० वर्ष उमेर नपुगेका छन्।
पोखरा नजिकैको माझठाना र लाहाचोकमा ४० प्रतिशत किशोरी कम उमेरमै गर्भवती भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले जानकारी दिए। ‘२० वर्ष नपुग्दासम्म महिला शारिरीक रुपमा परिपक्व हुदैनन्। यसकारण उनीहरु बच्चा जन्माउन सक्षम हुँदैनन्। उनीहरूको प्रजनन अंगको पूर्ण विकास समेत भइसकेको हुँदैन’,अधिकारीले भने- उमेर नपुगी गर्भधारण गर्दा आमा र बच्चाको जीवन नै खतरामा रहन्छ।
आमा र बच्चा बचेको खण्डमा समेत उनीहरूको स्वास्थ्य अवस्था राम्रो नहुने र कुनै न कुनै रुपमा असर पार्ने चिकित्सकहरू बताउँछन्। कम उमेरमै आमा हुँदा महिलामा पाठेघर खस्नेलगायतका समस्या देखिन्छन्।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन