लन्डन । बेलायतमा आयोजित अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा नेपालले सात पदक जितेको छ । रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्स्मा आयोजित दुई दिने दशौं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र तीन कास्य जितेको हो ।
अमिता राईले पुम्सेमा एक स्वर्ण र स्पायररिङमा रजत पदक जितिन् भने टिम प्रशिक्षक अशोक खड्का र अर्जुन सुनुवारले पुम्सेमा रजत पदक जिते । त्यसैगरि, रोहित तामाङ, सरिता श्रेष्ठ र मनोज लामाले स्पायरिङमा कास्य पदक जित्न सफल भएको प्रशिक्षक खड्काले जानकारी दिए ।
प्रतियोगितामा नेपालबाट कोचहरु अशोक खड्का र अष्ट महर्जन, खेलाडीहरु रोहित तामाङ, सरिता श्रेष्ठ, निरोजबहादुर नेपाली, अर्जुन सुनुवार, अमिता राई र रजिन सिंह एवं रेफ्रीहरु नोर्वु लामा, रविन जोशी र दिनेश श्रेष्ठ सहभागिता थिए । दुई खेलाडी पदक विहीन फर्किए ।
विश्वका १३ देशका तीनसय २० खेलाडीले भाग लिएको आयोजकले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न हल्याण्ड, अमेरिका, मेक्सिको, स्पेन, ब्रसेल्स्, बेलायत, नेपाल लगायतबाट २४ जना अन्तर्राष्ट्रिय रेफ्री झिकाइएको थियो ।
सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैर आवासीय नेपाली संघ बेलायतको संयुक्त पहलमा प्रतियोगिता भएको हो । प्रतियोगिता सञ्चालन गर्न झण्डै ५० हजार पाउण्ड लागेको आयोजकको दावी छ ।
आयोजक मध्ये एक सगरमाथा तेक्वान्दो डोजाङका सञ्चालक एवं प्रतियोगिताका प्रविधि संयोजक राष्ट्र राईले निजी स्तरबाट भएको यस्तो प्रतियोगितालाई नेपाल सरकारले पनि मान्यता दिनुपर्नेमा जोड दिए । ‘प्रवासी नेपालीबाट नेपालको खेलकुद विकास अनि खेलाडीहरुलाई धेरै अवसर प्रदान भएपनि नेपाल सरकारले त्यो कुरा बुझेको छैन्’, राईको गुनासो थियो ।
विदेश रहेका नेपाली खेलाडी, विदेशी खेलाडी र प्रशिक्षकहरु समेत सम्मिलित उक्त प्रतियोगिताले देश विदेशमा रहेका नेपाली खेलाडीबीच आपसी मित्रता अभिवृद्धिका साथै नयां प्रतिभाहरुलाई अवसर दिएको आयोजकको दावी छ ।
प्रतियोगितामा हङकङ बस्ने नेपालकै पहिलो ब्ल्याकबेल्ट होल्डर ग्रयाण्ड मास्टर रमेश गोसाई, इन्टरनेशनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का संस्थापक ग्रयाण्ड मास्टर दिवाकर महर्जन (अमेरिका), साफ गेम्स् गोल्ड मेडलिष्ट ग्रयाण्ड मास्टर राजकुमार राई (क्यानाडा), सिल्भर मेडलिष्ट सिता राई (अमेरिका) लगायत ग्रयाण्ड मास्टर, मास्टर र रेफ्रीहरु सहभागी थिए ।
यस अघि नवौं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता उत्तर अमेरिकाको पोर्टल्याण्डमा भएको थियो । काठमाडौंमा सन् २०००, डिसेम्वरमा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालिन युवराज दीपेन्द्र शाहबाट उद्घाटन गरि शुरुवात गरिएको अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको दोश्रो संस्करण पोखरा, तेश्रो पोर्टल्याण्ड अमेरिका, चौंथो हङकङ, पांचौं पोर्टल्याण्ड, छैटौं कुरुक्षेत्र भारत, सातौं पोर्टल्याण्ड र आठौं काठमाण्डौंमा भइसकेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा