लन्डन । बेलायतमा पहिलो पटक एक जना नेपाली उपमेयर निर्वाचित भएका छन् । फिजिओथेरापिष्ट डा. जगन्ननाथ शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलका उप मेयर निर्वाचित भएका हुन् ।
शर्मा यसअघि उक्त काउन्सिलमा करिव चार वर्ष काउन्सिलर थिए ।
‘उपमेयर नियुक्तिले खुशीसंगै जिम्मेवारी वोध पनि भएको छ’, शर्माले भने, ‘अब मेरो मात्र होइन, नेपालीको पनि नाम कसरी उंचो राख्न सक्छु भन्ने चिन्ता थपिएको छ ।’
अब उनले स्थानीय विकासका योजनाबाहेक स्थानीय समुदायबीच सौहार्द वातावरण निर्माण, मेलमिलाप, संस्कृति आदानप्रदान जस्ता कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने जनाए । विशेष गरि नेपाली सहित ‘इथ्नीक माइनोरिटी’ का लागि कल्याणकारी काम गर्ने अठोट शर्माको छ । उनको क्षेत्रमा करिव पांच सय नेपाली छन् । स्थानीय ब्रिटिश गोर्खा एण्ड नेपलिज कम्युनिटीको एक्सटर्नल अफेयर्स कोअर्डिनेटर समेत रहेका शर्माले नेपाली कम्युनिटी हल बनाउन पनि पहल गर्ने बताए ।
१३ वर्ष अघि बेलायत आएका पर्वत रानीपानी गाविस ९ का स्थायी वासिन्दा शर्मा एक दशक यता बेलायती रक्षा मन्त्रालय (एमओडि) अन्तर्गत इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा प्रमुख फिजिओथेरापिष्टका रुपमा कार्यरत छन् । उक्त सेन्टर गोर्खासहित ब्रिटिश इन्फेन्ट्री सैनिकहरुको एकमात्र तालिम केन्द्र हो । केन्द्रबाट वर्षेनी चार हजार सैनिकले तालिम लिन्छन् । उनले बेलायतको सरकारी स्वास्थ्य सेवा (एनएचएस्) मा पनि काम गरेका थिए ।
अष्ट्रेलियाको कर्टिन युनिभर्सिटी अफ टेक्नोलोजीबाट फिजियोथेरापीमा बीएस्सी अनर्स गरेका शर्माले बेलायत आउनुअघि अष्ट्रेलियाकै अर्माडेल हस्पिटल, पर्थमा एकवर्ष जति काम गरेका थिए । फिजिओथेरापीका रुपमा उनको व्यवसायिक करिअर वीरेन्द्र प्रहरी अस्पतालबाट शुरु भएको थियो । शर्माका दुई छोरी र श्रीमति छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न