
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
बानियाँलाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियक्त गर्नुभएको हो । बानियाँले सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।
बानियाँलाई कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन छ । यही साउन १४ कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिनुभएको थियो ।
मुख्यमन्त्री लामा राजीनामा बुझाएसँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहनुभएका बानियाँलाई मुख्यमन्त्री बनाइएको हो ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर