लन्डन । ट्यूनिसिया, कुवेत र फ्रान्समा शुक्रवार एकैदिन आतंकवादी आक्रमण भएको छ । आक्रमणमा कम्तीमा ५४ को मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार, ट्यूनिसियाको सुस नजिक समुद्री रिसोर्टमा भएको आक्रमणमा कम्तीमा २८ जनाको निधन भएको छ, जसमा विदेशी पर्यटक अत्यधिक थिए । उक्त आतंकवादी आक्रमणमा ६ जना घाइते भएको त्यहांको गृह मन्त्रालयले जनाएको छ ।
गत मार्चमा लडाकुहरुले २२ नागरिकको हत्या गरेपछि ट्यूनिसिया सुरक्षा सतर्कतामा थियो । सुरक्षाकर्मीले एकजना आक्रमणकारीलाई मारिदिएका
छन् ।
उता, कुवेती राजधानीस्थित एउटा मस्जिदमा प्रार्थना भइरहंदा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । इमाम सादिक मस्जिदमा भएको हमलामा २०२ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । आक्रमण हुंदा करिब दुई हजार जना प्रार्थनासभामा सरिक थिए । इस्लामिक स्टेट (आइएस) ले हमलाको जिम्मेवारी लिएको छ ।
यसैबीच, फ्रान्सले लियोन शहर नजिक रहेको एउटा ग्यांस उद्योगमा आतंककारीले एकजनालाई घांटी रेटेर हत्या गरेको सम्वन्धमा अनुसन्धान शुरु भएको जनाएको छ । सुरक्षाकर्मीले संनिग्ध हत्यारालाई गिरफ्तार गरिएको जनाएका छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता