
लन्डन । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबरमा एनआरएन लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौं बैठकले एनआरएनए दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२)मा एनआरएन इन्भेस्टमेन्ट समिट निर्णय गरेको हो । नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने एनआरएनएले जनाएको छ ।
सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आगामी सम्मेलनकोका सम्बन्धमा अध्यक्ष श्रेष्ठ मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल गर्नुभएको थियो । अध्यक्ष ढकालसँगको छलफल अत्यन्तै उत्साहप्रद भएको उहाँले जानकारी गराउनुभएको छ ।
यसैगरी एनआरएनएले अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ ।अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघले जनाएको छ ।
यस्तै सेप्टेम्बरमा यूएईमा आईसीसीले विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन