
लन्डन । नेपाल सरकारको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) डेढ साताको बेलायत भ्रमण सम्पन्न गरी २० जुलाई आइतबारका दिन स्वदेश फर्किनु भएको छ । मुख्यमन्त्री लामा को भ्रमण टोलीमा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामा पनि सहभागी हुनुहुन्थ्यो ।
उहाँहरूको बिदाइमा बेलायतस्थित धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन पाख्रिन तामाङलगायत अन्य पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं आफन्तजनहरू हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्रीलामा १० जुलाई बिहान हिथ्रो एयरपोर्टमा अवतरण गर्नुभएको थियो । आफ्नो भ्रमण अवधिमा नेपाली जनसम्पर्क समिति बेलायत, धादिङ–नुवाकोट समाज यूके, तामाङ घेदुङ यूके लगायत संघसंस्थाका कार्यक्रमहरूमा सहभागी हुनुका साथै बेलायतस्थित आफ्ना आफन्तजनहरूसँग पनि आत्मीय भेटघाट गर्नुभएको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री लामाले, बेलायतवासी नेपाली समुदायले नेपालको समग्र विकास, सुशासन र प्रणालीगत सुधारप्रति गहिरो चासो राखेको अनुभूति भएको बताउनुभयो ।

डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा