
लन्डन । नेपाल सरकारको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) डेढ साताको बेलायत भ्रमण सम्पन्न गरी २० जुलाई आइतबारका दिन स्वदेश फर्किनु भएको छ । मुख्यमन्त्री लामा को भ्रमण टोलीमा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामा पनि सहभागी हुनुहुन्थ्यो ।
उहाँहरूको बिदाइमा बेलायतस्थित धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन पाख्रिन तामाङलगायत अन्य पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं आफन्तजनहरू हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्रीलामा १० जुलाई बिहान हिथ्रो एयरपोर्टमा अवतरण गर्नुभएको थियो । आफ्नो भ्रमण अवधिमा नेपाली जनसम्पर्क समिति बेलायत, धादिङ–नुवाकोट समाज यूके, तामाङ घेदुङ यूके लगायत संघसंस्थाका कार्यक्रमहरूमा सहभागी हुनुका साथै बेलायतस्थित आफ्ना आफन्तजनहरूसँग पनि आत्मीय भेटघाट गर्नुभएको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री लामाले, बेलायतवासी नेपाली समुदायले नेपालको समग्र विकास, सुशासन र प्रणालीगत सुधारप्रति गहिरो चासो राखेको अनुभूति भएको बताउनुभयो ।

बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन