
तस्बिर : दीपक गुरूङ
लन्डन । च्यारिटी उद्देश्यले भएको ‘रेस फर लाइफ’मा तमुधिं यूकेको आमा समूह सहभागी भएका छन् । क्यान्सर रिसर्च यूकेको आयोजनामा शनिबार बेलायतको गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा भएको दौडमा आमा समूहले भाग लिएका हुन् । आमा समूहका सदस्यहरुले संकलन गरेको ४ हजार ८ सय १६ पाउन्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधिलाई हस्तान्तरण गरेको आमा समूहकी अध्यक्ष कमला देवी गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङको नेतृत्वमा सहभागी ४२ जना सदस्यले सफलतापूर्वक च्यारिटी दौड पूरा गरेका थिए । सहभागीलाई संस्थाको तर्फबाट प्रमाणपत्र उपलब्ध गराइएको थियो । आमा समूहले हरेक वर्ष रेस फर लाईफमा भाग लिँदै आएको छ ।
धावकलाई हौसला प्रदान गर्न तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसहित संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ र हरि गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङलगायत पदाधिकारी पनि दौडस्थल पुग्नुभएको थियो ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलियन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा