
तस्बिर : दीपक गुरूङ
लन्डन । च्यारिटी उद्देश्यले भएको ‘रेस फर लाइफ’मा तमुधिं यूकेको आमा समूह सहभागी भएका छन् । क्यान्सर रिसर्च यूकेको आयोजनामा शनिबार बेलायतको गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा भएको दौडमा आमा समूहले भाग लिएका हुन् । आमा समूहका सदस्यहरुले संकलन गरेको ४ हजार ८ सय १६ पाउन्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधिलाई हस्तान्तरण गरेको आमा समूहकी अध्यक्ष कमला देवी गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङको नेतृत्वमा सहभागी ४२ जना सदस्यले सफलतापूर्वक च्यारिटी दौड पूरा गरेका थिए । सहभागीलाई संस्थाको तर्फबाट प्रमाणपत्र उपलब्ध गराइएको थियो । आमा समूहले हरेक वर्ष रेस फर लाईफमा भाग लिँदै आएको छ ।
धावकलाई हौसला प्रदान गर्न तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसहित संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ र हरि गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङलगायत पदाधिकारी पनि दौडस्थल पुग्नुभएको थियो ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलियन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको छ ।
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश