
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)ले ६ जुलाईमा आयोजना गरेको ‘डिनर नाइट’ कार्यक्रमको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ ।
बिहीबार १७ जुलाई २०२५ मा अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा डिनर नाइट तथा वार्षिक भेटघाट कार्यक्रममा ११ हजार पाउन्ड ३६५ आम्दानी भएको र लगभग ५ हजार पाउन्ड खर्च भएको जानकारी नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले दिनुभएको हो । उहाँले सहयोगदाताबाट ७ हजार ५०० पाउन्ड र टिकट बिक्रीमार्फत ३ हजार ८६५ पाउन्ड आर्थिक सहयोग संकलन भएको प्रस्ट पार्नुभयो । ।
बैठकमा ‘डिनर नाइट’ कार्यक्रममा देखिएका कमजोरी, व्यवस्थापनमा आएको चुनौती र सुधारका पक्षबारे सहभागीहरूले खुलेर छलफल गरेका थिए । आगामी दिनमा कार्यक्रमलाई अझ पारदर्शी, समावेशी र व्यवस्थित बनाउने विषयमा विभिन्न सुझावहरू समेत प्रस्तुत गरिएका अध्यक्ष मेजर राईले बताउनुभयो ।
बेलायतस्थित नेपाली राजदूतावासका राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा डिनर नाइट भएको थियो । अध्यक्ष मेजर योगेश राईले ‘डिनर नाइट’ कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै संकलित रकमबाट हाललाई जग्गा लिजमा लिने र भविष्यमा स्थायी रूपमा जग्गा किन्नेसम्मको दीर्घकालीन योजना रहेको जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुनलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
उक्त कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, नेफिन केन्द्रका पूर्वसचिव भक्त दूरा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, गुल्मेली समाज यूके अध्यक्ष रुद्र थापा मगर, गेसो सभापति कृष्णकुमार राई, सीएनसीबीजीका अध्यक्ष थर्क राना, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, किरात राई यायोक्खा बेलायतकी अध्यक्ष आशा राई, पाँचथर समाज सेवा यूके अध्यक्ष शान्ति लिम्बु, तमुधीं यूके आमा समूह अध्यक्ष कमला देवी गुरुङ, ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूके अध्यक्ष लिला सेलिङ माबो लगायत अन्य अतिथि तथा बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता