
लन्डन । बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जून महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनाको ३.४ प्रतिशतको तुलनामा मुद्रास्फीति दरमा वृद्धि भएको हो ।
यो वृद्धिको मुख्य कारण मोटर इन्धन, हवाई र रेल भाडा तथा खाद्यान्न मूल्यमा भएको उल्लेखनीय वृद्धि हो । खाद्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य एक वर्षअघिको तुलनामा ४.५ प्रतिशतले बढेको देखिएको छ, जुन फेब्रुअरी सन् २०२४ यताकै उच्च दर हो ।
ऊर्जा, खाद्यान्न, मदिरा तथा चुरोटलाई बाहिर राखेर गणना गरिएको मुद्रास्फीति दर जूनमा ३.७ प्रतिशत रहेको छ, जुन मे महिनाको ३.५ प्रतिशतको तुलनामा उच्च हो ।
यसअघि ओएनएसले प्रकाशित गरेको तथ्यांक अनुसार, बेलायतको वास्तविक मासिक सकल घरेलु उत्पाद (जीडीपी) मे महिनामा ०.१ प्रतिशतले घटेको थियो ।
बैंक अफ इङ्ग्ल्याण्डले जून महिनामा आफ्नो नीतिगत ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको थियो । स्थायी मुद्रास्फीति दबाब र विश्वव्यापी अनिश्चितताको कारणले यस्तो निर्णय गरिएको हो । यद्यपि, आगामी अगस्ट महिनामा ब्याजदरमा कटौती हुने अपेक्षा गरिएको छ ।
मुद्रास्फीति दर बैंकको लक्षित दुई प्रतिशत भन्दा अझै माथि रहेको छ । बजार विश्लेषकले सन् २०२५ भित्र कम्तीमा दुई पटक ब्याजदर घट्ने सम्भावना देखेका छन्, जसअनुसार वर्षको अन्त्यसम्म नीतिगत ब्याजदर झरेर करिब ३.७५ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा