
लन्डन । चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गाबहादुर गुरुङ र आमा समूह अध्यक्षमा अमला गुरुङ चयन हुनु भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा भएको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले दुर्गा र अमलाको नेतृत्वतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । दुर्गा छैटौँ कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
समाजको उपाध्यक्षमा अमर गुरुङ, महासचिवमा सुनिल गुरुङ, सहसचिवमा विजय गुरुङ, कोषाध्यक्षमा विमला गुरुङ र सहकोषाध्यक्षमा लालकाजी (आश्रम) गुरुङ चयन हुनुभयो । यस्तै, सरुन गुरुङ कार्यक्रम संयोजक, हितमान घले युवा तथा खेलकुद सचिव, रवि गुरुङ सहसचिव, नर बहादुर गुरुङ सम्पत्ति विभाग प्रमुख, बुद्ध घले मनोरञ्जन सचिव, प्रकाश गुरुङ भोजन सचिव चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
आमा समूह सचिवमा इन्द्र (लिडिया) गुरुङ, चेलीबेटी प्रमुख मिना गुरुङ, सचिव रजनी गुरुङ चयन हुनुभयो ।
सन्तोष र विवेक गुरुङ बेब मास्टरको जिम्मेवारी पाउनुभएको छ ।
क्षेत्रीय सचिवहरूमा चन्द्रबहादुर गुरुङ (अल्डरसट), बुद्ध गुरुङ (बेजिङ्स्टोक), आनन्द घले (रेडिङ), शारदा गुरुङ (लन्डन), बेनकुमार घले (प्लमस्टेड), रमेश गुरुङ (केन्ट) र मान सिंह गुरुङ (स्विन्डन) रहनुभएको छ ।
अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षता सम्पन्न साधारणसभा र अधिवेशनमा महासचिव अमर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । प्रमुख सल्लाहकार तथा विधान संशोधन समितिका संयोजक क्या. कृष्णबहादुर गुरुङले संशोधन गरिएका विधेयकका बुँदा प्रस्तुत गर्दै छलफलपश्चात् नयाँ विधानसमेत पारित गरिएको थियो ।
अध्यक्ष बेन कुमार गुरुङले आफ्नो कार्यकालका उपलब्धि पावर प्वाइन्टमार्फत जानकारी गराउनुभयो ।
निर्वाचन प्रक्रिया संस्थापक अध्यक्ष तथा प्रमुख आयुक्त नारायणप्रसाद गुरुङको संयोजनमा सम्पन्न भएको थियो । निर्वाचन मण्डलमा मे. कृष्ण गुरुङ, पूर्वअध्यक्ष मदन गुरुङ, तमुधीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी पूर्वअध्यक्ष विमला गुरुङ रहनुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष, समन्वय समितिका पूर्वअध्यक्ष, सल्लाहकार, समाजका पूर्वअध्यक्ष, आमा समूह तथा युवाको उल्लेखनीय उपस्थिति थियो ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता